Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

रुसी राजदूतसँग उद्योगमन्त्री यादवको भेट: बन्द सिमेन्ट उद्योग पुनः सञ्चालनमा सहयोगको प्रस्ताव

रुसी राजदूतसँग उद्योगमन्त्री यादवको भेट: बन्द सिमेन्ट उद्योग पुनः सञ्चालनमा सहयोगको प्रस्ताव
A A+ A-

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबिच मङ्गलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल र रुसबिचको व्यापारिक तथा आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने, व्यापार सहजीकरणमा सहकार्य बढाउने र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच व्यापार तथा आर्थिक मञ्च (फोरम) मार्फत भइरहेको सहकार्यलाई अझ प्रभावकारी बनाउने दिशामा वर्तमान नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले दुई देशबीचको आर्थिक तथा औद्योगिक सहकार्य आगामी दिनमा अझ मजबुत हुने अपेक्षासमेत व्यक्त गर्नुभयो।

सोही अवसरमा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकास मन्त्रीका तर्फबाट उद्योगमन्त्री यादवलाई रुस भ्रमणका लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नुभयो। मन्त्री यादवले निमन्त्रणा स्वीकार गर्दै दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्‍याउन उक्त भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

भेटका क्रममा मन्त्री यादवले नेपालमा हाल बन्द रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनका लागि रुस सरकारको प्राविधिक तथा आवश्यक सहयोगको अपेक्षा गर्नुभयो। विशेषगरी हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि सहकार्य गर्न उहाँले प्रस्ताव राख्नुभयो।

मन्त्री यादवको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै राजदूत सुरोभ्त्सेभले रुस सरकारसँग आवश्यक समन्वय गरी नेपालले उठाएका विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

2