Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

एनआरएनलाई दोस्रो बजारमा सहभागी गराउने तयारीबारे धितोपत्र बोर्ड–प्रतिनिधिबीच छलफल

एनआरएनलाई दोस्रो बजारमा सहभागी गराउने तयारीबारे धितोपत्र बोर्ड–प्रतिनिधिबीच छलफल
A A+ A-

ललितपुर: नेपाल धितोपत्र बोर्ड (सेबोन) र गैरआवासीय नेपाली (एनआरएन) का प्रतिनिधिबीच पूँजी बजारमा एनआरएनको सहभागिता तथा आवश्यक कानुनी सुधारबारे बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बोर्ड परिसरमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट सहित उच्च पदाधिकारी र एनआरएन प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष भट्टले सरकारको बजेट वक्तव्यअनुसार गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने उद्देश्यले आवश्यक कानुनी सुधारको प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले बोर्डको आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्यक्रममा समेत उक्त विषय समावेश गरिएको उल्लेख गर्दै आवश्यक तयारीलाई तीव्रता दिइने बताए।

उनले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप, ज्ञान र पूँजीलाई नेपालको भौतिक पूर्वाधार विकाससँग जोड्ने वातावरण बनाउन बोर्ड आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको पनि बताए।

छलफलका क्रममा एनआरएन प्रतिनिधिहरूले सरकार र धितोपत्र बोर्डका पछिल्ला पहलले नेपालको पूँजी बजारमा गैरआवासीय नेपालीको लगानीका लागि सकारात्मक वातावरण बन्दै गएको धारणा राखे।

उनीहरूले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत सार्वजनिक निष्कासन गरी गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपालीलाई साधारण सेयर जारी गर्ने र त्यसबाट संकलित रकम नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको जानकारी दिए।

साथै, भविष्यमा परियोजनामुखी लगानीका लागि बन्ड तथा डिबेन्चरजस्ता ऋणपत्र जारी गरी पूँजी परिचालन गर्ने योजना रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक कानुनी तथा नियामकीय सुधारमा सहजीकरण गरिदिन धितोपत्र बोर्डसँग आग्रह गरेका छन्।

2