Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

केरामा नेपाल आत्मनिर्भर उन्मुख, अर्को वर्षदेखि निर्यात गर्ने तयारी

अ+ अ-

काठमाडौं । सरकारको नीतिगत सहयोग र किसानको उत्पादन वृद्धिसँगै नेपाल केरामा आत्मनिर्भर उन्मुख बनेको छ। नेपाल केरा उत्पादक महासङ्घका अनुसार गत वर्ष ७ लाख मेट्रिक टन केरा उत्पादन भएको थियो भने वार्षिक माग ९ लाख मेट्रिक टन छ। अपुग उत्पादन बढाउने काम तीव्र गतिमा भइरहेकाले अर्को वर्षदेखि केरा निर्यात गर्ने लक्ष्य राखिएको छ।

हाल देशभर १५ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ, जसमा ७,६०० भन्दा बढी किसान आबद्ध छन्। टीआर–४ रोग रोक्न सरकारले आयातमा कडाइ गरेपछि स्वदेशी उत्पादन बढेको महासङ्घले जनाएको छ। महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले आउँदो दशैँ, तिहार र छठमा उपभोक्ताले सस्तो मूल्यमा स्वदेशी केरा पाउने र अर्को वर्षदेखि निर्यातसमेत सुरु हुने विश्वास व्यक्त गरे।

2