Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

विद्युत् महसुल पुनरावलोकन हुँदै, १५ दिनभित्र नयाँ प्रस्ताव तयार गरिने

अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक विद्युत् खपत बढाउने उद्देश्यले विद्युत् महसुल संरचनाको पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले १५ दिनभित्र नयाँ महसुल प्रस्ताव तयार गर्न समिति गठन गरेको हो।

प्राधिकरणका अनुसार नयाँ संरचनामार्फत घरायसी उपभोक्तालाई थप सहुलियत र उत्पादनमूलक उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको छ। यसले उपभोक्ताको मासिक बिजुली खर्च घट्नुका साथै उद्योगहरूको उत्पादन लागत पनि कम हुने अपेक्षा गरिएको छ।

सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाएपछि नयाँ महसुल प्रस्ताव विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पठाइनेछ।

यसैबीच, विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा उजुरीहरूको अध्ययन गर्न सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा छुट्टै छानबिन समिति पनि गठन गरिएको छ। उक्त समितिलाई दुई महिनाभित्र सुधार सुझावसहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

2