Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

आन्तरिक हवाई दुर्घटनामा मृत्यु भए परिवारले अब १ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने

आन्तरिक हवाई दुर्घटनामा मृत्यु भए परिवारले अब १ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने
A A+ A-

काठमाडौं । सरकारले आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुका परिवारलाई दिइने क्षतिपूर्ति २० हजार अमेरिकी डलरबाट बढाएर १ लाख अमेरिकी डलर पुर्‍याउने व्यवस्था भएको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको ‘आन्तरिक हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धी विधेयक’ पारित भएपछि नयाँ व्यवस्था लागू हुनेछ। विधेयकले यात्रुको मृत्यु, चोटपटक, अंगभंग, ब्यागेज तथा कार्गोमा हुने क्षति, उडान ढिलाइ, रद्द तथा तेस्रो पक्षको क्षतिपूर्तिसम्बन्धी दायित्वसमेत स्पष्ट गरेको छ।

विधेयकअनुसार वायुसेवा कम्पनीले उडान रद्द भएमा कम्तीमा तीन घण्टाअघि यात्रुलाई सूचना दिनुपर्ने, सम्भव भए वैकल्पिक उडानको व्यवस्था गर्नुपर्ने र अतिरिक्त शुल्क नलिई गन्तव्यसम्म पुर्‍याउनुपर्ने व्यवस्था गरिएको छ। सरकारले यो कानुनले हवाई यात्रुको अधिकार थप सुरक्षित बनाउने र नेपालका आन्तरिक हवाई सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल, सुरक्षित र जिम्मेवार बनाउने विश्वास लिएको छ।

2