Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बढ्यो हवाई भाडा

बढ्यो हवाई भाडा
A A+ A-

काठमाडौँ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपियाँ बढाएसँगै आन्तरिकतर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लागु हुने फ्युल सरचार्ज संशोधन गर्दै (आज) मङ्गलबारदेखि नयाँ भाडादर लागु गरेपछि आन्तरिकतर्फको जहाज र हेलिकोप्टरको भाडा बढेको हो ।

वायुसेवा कम्पनीले इन्धनको शुल्क बढाउँदा यात्रुले हवाई टिकटमा भाडासँगै जोडेर यो शुल्क तिर्नुपर्ने हुन्छ । आयल निगमलाई बुझाउने इन्धनको शुल्कबापतको रकम हवाई टिकटमै जोडिने भएकाले हरेक पटक निगमले इन्धनको मूल्य समायोजन गर्दा हवाई यात्रुको टिकेटमै उक्त शुल्क बढ्ने र घट्ने गरेको छ । समायोजन भएको नयाँ भाडादर अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढीको हवाई भाडा बढेको छ । यो क्षेत्रको हवाई भाडा ८८० रुपियाँले बढेको छ । त्यस्तै गरी काठमाडौँबाट हुने पर्वतीय उडानमा ६८५, काठमाडौँ–भद्रपुरको ६०५ काठमाडौँ–नेपालगन्जको ६५५, काठमाडौँ–विराटनगरको ४८०, काठमाडौँ– भैरहवाको ४१०, काठमाडौँ–पोखराको ३१५, काठमाडौँ–जनकपुरको २६० र काठमाडौँ–सिमराको १८० रुपियाँले टिकट मूल्य महँगिएको छ ।

त्यसै गरी काठमाडौँबाट नेपालगन्जको ६५५, तुम्लिङटारमा ३७०, सुर्खेतको ६९० र राजविराजमा ४१० रुपियाँ बढेको छ । नयाँ भाडादर अनुसार पोखरा–भद्रपुर रुटको ८१० रुपियाँ, पोखरा–धनगढीको ६८५ रुपियाँ र पोखरा–जनकपुर रुटको ५२५ रुपियाँले भाडा बढेको छ ।

समायोजन भएको नयाँ भाडादर अनुसार हेलिकोप्टर चार्टर तथा उद्धार उडानको भाडादरसमेत बढेको छ । जस अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा उद्धार उडानको ब्लक–टाइम दर एक लाख २८ हजार रुपियाँ (१३ प्रतिशत भ्याटसहित) कायम गरिएको छ । पर्यटकीय तथा व्यावसायिक गन्तव्यमध्ये काठमाडौँबाट पोखरा जाने हेलिकोप्टर उडानको भाडा तीन लाख ८२ हजार रुपियाँ पुगेको छ ।

त्यस्तै गरी अब काठमाडौँबाट विराटनगरतर्फ पाँच लाख ७३ हजार, भैरहवातर्फ पाँच लाख नौ हजार, धनगढीतर्फ १३ लाख ९९ हजार र सुर्खेततर्फ १० लाख १७ हजार रुपियाँ तिर्नुपर्ने भएको छ । दुर्गमतर्फ हुम्ला र दार्चुलामा यो दर क्रमशः १३ लाख ९९ हजार र १६ लाख ५३ हजार रुपियाँ पुगेको छ ।

2