Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ग्लोबल आईएमई बैंकको २२.६७ प्रतिशतले बढ्यो

ग्लोबल आईएमई बैंकको २२.६७ प्रतिशतले बढ्यो
अ+ अ-

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले उक्त अवधिसम्म ६ अर्ब २२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.६७ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ५ अर्ब ७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने २.८५ प्रतिशतले घटेर १६ अर्ब २० करोड रुपैयाँमा सीमित बनेको छ । खुद शुृल्क तथा कमिशन आम्दानी भने ३ अर्ब २२ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

बैंकले वितरणयोग्य मुनाफा बढाएको छ । अघिल्लो आवमा ४ अर्ब ५ करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा बढेर ४ अर्ब ५८ करोड पुगेको छ । लाभांश क्षमता पनि १०.६४ प्रतिशतबाट बढेर १२.०२ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १६.३४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार १५३.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.६७ गुणा र तरलता अनुपात ४४.४८ प्रतिशत कायम भएको छ ।

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ । अघिल्लो आवमा ५ अर्ब ९७ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर ४ अर्ब ७८ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको निष्कृत कर्जा भने ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।

2