Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बागमतीमै केन्द्रित जीवन बीमा बजार, कुल बीमाशुल्कको ४२.५ प्रतिशत हिस्सा

बागमतीमै केन्द्रित जीवन बीमा बजार, कुल बीमाशुल्कको ४२.५ प्रतिशत हिस्सा
A A+ A-

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय निरन्तर विस्तार भइरहे पनि यसको ठूलो हिस्सा अझै बागमती प्रदेशमै केन्द्रित रहेको देखिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमकले कुल २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

तथ्यांकअनुसार बागमती प्रदेशबाट मात्रै ८६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जुन कुल व्यवसायको ४२.५० प्रतिशत हो। यसले काठमाडौं उपत्यकालगायत आर्थिक गतिविधि केन्द्रित शहरी क्षेत्रमा जीवन बीमा बजार अझै अत्यधिक निर्भर रहेको देखाउँछ।

प्रदेशगत रूपमा लुम्बिनी दोस्रो स्थानमा रहेको छ। यस प्रदेशबाट ३३ अर्ब २२ करोड रुपैयाँ (१६.१३ प्रतिशत) बीमाशुल्क संकलन भएको छ। त्यसपछि कोशी प्रदेशबाट २५ अर्ब १६ करोड ५४ लाख रुपैयाँ (१२.३० प्रतिशत), गण्डकी प्रदेशबाट २१ अर्ब ३० करोड ४६ लाख रुपैयाँ (१०.४१ प्रतिशत), मधेश प्रदेशबाट १९ अर्ब १३ करोड रुपैयाँ (९.३५ प्रतिशत), सुदूरपश्चिम प्रदेशबाट १२ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ (६.२७ प्रतिशत) तथा कर्णाली प्रदेशबाट ६ अर्ब २१ करोड ३८ लाख रुपैयाँ (३.०४ प्रतिशत) बीमाशुल्क संकलन भएको छ।

तथ्यांकले बागमती प्रदेशले एक्लैले कुल जीवन बीमा व्यवसायको झण्डै आधा हिस्सा ओगटिरहेको देखाउँदा कर्णाली, सुदूरपश्चिम र मधेशजस्ता प्रदेशको योगदान तुलनात्मक रूपमा न्यून रहेको स्पष्ट हुन्छ। यसले जीवन बीमाको पहुँच र व्यवसाय विस्तारमा अझै पनि भौगोलिक असन्तुलन कायम रहेको संकेत गरेको छ। बीमा पहुँच ग्रामीण तथा दुर्गम क्षेत्रमा विस्तार गर्न बीमा कम्पनीहरूले थप प्रभावकारी रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता पनि यसले औँल्याएको छ।

2