Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

थप ६ हजार हेक्टरमा सिँचाइ व्यवस्था गरिने

थप ६ हजार हेक्टरमा सिँचाइ व्यवस्था गरिने
A A+ A-

काठमाडौं-  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा थप ६ हजार हेक्टर जग्गामा सिँचाइ उपलब्ध गराइनेगरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

उहाँले आगामी आर्थिक वर्षमा ३४ अर्ब ८९ करोड वैदेशिक अनुदान उपलब्ध गर्ने प्रक्षेपण गर्नुभयो । संसद बैठकमा आ.व. २०८२–८३ को बजेट बिहीबार प्रस्तुत गर्नुहुँदै उहाँले सो प्रक्षेपण गर्नुभएको हो । उहाँका अनुसार जनतालाई गुणस्तरीय सार्वजनिक सेवा प्रदान गरी सुशासन कायम गरिने छ ।

सोहीअनुसार  मासुमा आत्मनिर्भर बन्नेगरी कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन गरिएको उहाँले प्रष्ट पार्नुभयो । त्यस्तै, आगामी आवमा थप ६ हजार हेक्टर क्षेत्रमा सिँचाइको व्यवस्था गर्नेगरी बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउनेगरी कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ । ६ लाख मेट्रिक टन रासायनिक मलको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । सोहीअनुसार युवालाई कृषिमा आकर्षित गराई उत्पादनलाई बृद्धि गर्ने योजना सरकारको रहेको बताउनुभयो ।

सोहीअनुसार पशुको स्वास्थ्यका लागि ५ करोड ५० लाख डोज खोपको व्यवस्था गरिने र त्यसको बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । भूमिसम्बन्धी कानुनलाई संशोधन गरी स्थायी रुपमा समस्या समाधान गर्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, आगामी आर्थिक वर्षमा ५ लाख भूमिहिनलाई जग्गा उपलब्ध गराइने लक्ष्य सरकारको रहेको उहाँले बताउनुभयो । सोहीअनुसार सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी समस्या समाधान गरिने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, निरपेक्ष गरिबी अन्त्यका लागि संघ, प्रदेश र स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो  । औद्योगिकरणमा जोड दिई लघु, घरेलु र साना उद्योगको प्रवर्धन गर्नेगरी बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सोहीअनुसार साना उद्यमीलाई सीप विकास, बजारीकरणका लागि सहुलियत ऋण प्रदान गर्ने उहाँले बताउनुभयो । औद्योगिक क्षेत्र निर्माण गर्ने कम्पनीलाई विशेष आर्थिक क्षेत्र सरह सहुलियत दिइने पनि उहाँले बताउनुभयो ।

2