Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दिवा खाजामा बजेट वृद्धि गरी १० अर्ब १९ करोड रुपियाँ

दिवा खाजामा बजेट वृद्धि गरी १० अर्ब १९ करोड रुपियाँ
अ+ अ-

काठमाडौं- कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइँदै आएको दिवा खाजा कार्यक्रमको बजेटमा बृद्धि गरी १० अर्ब १९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बिहीबार बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभएको हो । शिक्षा क्षेत्रका सशर्त अनुदान कार्यक्रमलाई क्रमशः वित्तीय समान्यीकरण अनुदानमा रुपान्तरण गरिने उहाँले बताउनुभयो।

माध्यमिक शिक्षा परिषद्को सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । सोहीअनुसार शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइने उहाँले बताउनुभयो ।

त्यस्तै, नक्साङ्कनका आधारमा विद्यालय गाभ्ने कार्यक्रम सुरु गरिने बताउँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, “शिक्षकको कमी हुन नदिन शिक्षक बैङ्क स्थापना गरिनेछ । शिक्षाको गुणस्तर बृद्धि गर्न भर्चुवल र डिजिटल शिक्षण सिकाइ प्रविधिलाई कार्यान्वयन गरिनेछ ।” सोहीअनुसार विद्यार्थीका लागि कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गरिने पनि उहाँले बताउनुभयो ।

2