काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय १० रुपैयाँले बढेर तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
