Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

महिन्द्राको एक्सइभी नाइन एस आयो, ६० लाखमै ६७९ किमि रेन्ज

महिन्द्राको एक्सइभी नाइन एस आयो, ६० लाखमै ६७९ किमि रेन्ज
A A+ A-

काठमाडौं । महिन्द्राले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागसिप विद्युतीय एसयूभी एक्सइभी नाइन एस सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको यो गाडी ६० लाख रुपैयाँको सुरुआती मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

महिन्द्राले यसअघि नेपालमा बिक्री गर्दै आएका बीई सिक्स र एक्सइभी नाइनईपछि एक्सइभी नाइन एसलाई पनि नेपाली बजारमा भित्र्याएको हो । तीनवटा सिटिङ रो भएको एक्सइभी नाइन एस प्रिमियम इलेक्ट्रिक एसयूभी हो । यो महिन्द्राको विद्युतीय सवारीका लागि विकास गरिएको डेडिकेटेड ‘आईएनजीएलओ’ प्लेटफर्ममा आधारित छ ।

एक्सइभी नाइन एसमा ५९, ७० र ७९ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प उपलब्ध छन् । कम्पनीका अनुसार सबैभन्दा ठूलो ब्याट्री प्याकले एकपटकको चार्जमा अधिकतम ६७९ किलोमिटरसम्मको रेन्ज दिन्छ ।

गाडीको इन्टेरियरलाई पनि प्रिमियम बनाइएको छ । यसमा ट्रिपल स्क्रिन ककपिट, प्यानोरामिक सनरुफ, मल्टिजोन क्लाइमेट कन्ट्रोल, वायरलेस कनेक्टिभिटी र आधुनिक इन्फोटेनमेन्ट प्रणाली दिइएको छ ।

सुरक्षातर्फ एक्सइभी नाइन एसमा लेभल–२ प्लस एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ, एडप्टिभ क्रुज कन्ट्रोल र लेन सेन्टरिङलगायतका फिचर छन् ।

चार्जिङमा पनि गाडीलाई उच्च क्षमताको बनाइएको छ । यसले १७५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट कम समयमै ब्याट्री चार्ज गर्न सकिने कम्पनीको दाबी छ । गाडीमा एसी चार्जिङको सुविधा पनि उपलब्ध छ ।

महिन्द्राको नयाँ फ्ल्यागसिप ईभीका रूपमा आएको एक्सइभी नाइन एसले लामो रेन्ज, प्रिमियम फिचर र आधुनिक सुरक्षा प्रविधिसहित नेपाली विद्युतीय एसयूभी बजारमा थप प्रतिस्पर्धा बढाउने देखिएको छ ।

2