Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुन्दरीजलमा थप पानी प्रशोधन केन्द्र निर्माण गरिने

सुन्दरीजलमा थप पानी प्रशोधन केन्द्र निर्माण गरिने
अ+ अ-

काठमाडौँ- खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड रुपियाँ बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँका अनुसार आगामी आर्थिक वर्षमा ठुला खानेपानीका आयोजना सम्पन्न भइ ३७ प्रतिशत जनसङ्ख्याालई सुरक्षित खानेपानी सेवा उपलब्ध हुने छ । ९८ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुग्नेछ ।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स विपद् जोखिमको दृष्टिकोणले सुरक्षित स्थानमा पुनर्निर्माण गरिने बताउनुभयो । सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिने जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली विस्तार गरिनेछ । यसका लागि ६ अर्ब ३७ करोड विनियोजन भएको बताउनुभयो । आगामी आर्थिक वर्षमा तराई मधेशका २८० अधुरा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गरी स्थानीय तहमा हस्तान्तरण गरिने बताउनुभयो ।

एक घर एक धारा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरिनेछ । विपदबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरूको मर्मत तथा पुनस्र्थापना गरिनेछ । यसका लागि ४१ करोड विनियोजन गरेको बताउनुभयो ।

2