Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

विद्युत् उत्पादन, प्रसारण र खपतलाई एकीकृत गर्न मन्त्री श्रेष्ठको जोड

अ+ अ-

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउन विद्युत् उत्पादनसँगै प्रसारण र वितरण पूर्वाधारको सन्तुलित विकास आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाल विद्युत् उत्पादन, आन्तरिक खपत र अन्तरदेशीय विद्युत् व्यापार विस्तारको निर्णायक चरणमा पुगेको बताए।

उनले उत्पादन बढाउनु मात्र पर्याप्त नभएको भन्दै उद्योग, कृषि, सिँचाइ, विद्युतीय यातायात र सूचना प्रविधिजस्ता उत्पादनशील क्षेत्रमा विद्युत् खपत बढाउनुपर्ने बताए।

श्रेष्ठले अतिरिक्त विद्युत् क्षेत्रीय बजारमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गरे। उच्च क्षमताका प्रसारण लाइन, सबस्टेसन र अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तारका लागि निजी क्षेत्र, विकास साझेदार तथा वित्तीय संस्थाको लगानी परिचालन गर्नुपर्ने उनको भनाइ छ।

बढ्दो विद्युत् उत्पादन र मागलाई धान्न आधुनिक ग्रिड व्यवस्थापन प्रविधिको प्रयोग आवश्यक रहेको बताउँदै उनले पारदर्शी तथा लागतमा आधारित प्रसारण सेवा प्रणाली विकास गरेर प्रतिस्पर्धी विद्युत् बजार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री श्रेष्ठले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई संस्थागत क्षमता विस्तार गर्दै रणनीतिक प्रसारण पूर्वाधार निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे।

2