Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सरकारको लगानी रहेका अट्ठाइस संस्थान नाफामा, पन्ध्र वटा घाटामा

सरकारको लगानी रहेका अट्ठाइस संस्थान नाफामा, पन्ध्र वटा घाटामा
अ+ अ-

काठमाडौँ । सार्वजनिक संस्थानमा सरकारको लगानी ५.८६ प्रतिशतले बढेर सात खर्ब तीन अर्ब ९३ करोड पुगेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रस्तुत गर्नुभएको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०८२ अनुसार संस्थानमा सरकारको लगानी सात खर्ब नाघेको हो ।

संस्थानमा सरकारको लगानी बढ्दै गए पनि संस्थानबाट सरकारलाई प्राप्त हुने लाभांश भने घटेको छ । सर्वेक्षण अनुसार आव २०७९/८० मा सरकारलाई १३ अर्ब ७५ करोड ६७ लाख लाभांश प्राप्त भएकामा आव २०८०/८१ मा घटेर आठ अर्ब ८३ करोड ५६ लाख प्राप्त भएको छ । आव २०८०/८१ अनुसार सरकारी लगानीमध्ये सेयर लगानी तीन खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी तीन खर्ब ३९ अर्ब सात करोड पुगेको हो । सर्वेक्षण अनुसार सार्वजनिक संस्थानको कुल सम्पति गत आवभन्दा २.२० प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ ।

सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र दुई वटा बन्द अवस्थामा रहेका छन् । आव २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ । जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशत कम हो । नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी तीन अर्ब ६३ करोड रहेको छ । नाफामा रहेका संस्थानको खुद नाफा गत आवको तुलनामा ११.५० प्रतिशतले घटेको छ ।

संस्थानको कुल सञ्चित नाफा गत वर्षको तुलनामा ४१.०३ प्रतिशतले बढेर ९२ अर्ब ४२ करोड ३६ लाख पुगेको छ । सञ्चित नाफा धेरै हुने संस्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ४८ अर्ब तीन करोड २९ लाख रहेको छ । क्षेत्रगत रूपमा हेर्दा जनउपयोगी क्षेत्रको सञ्चित नाफा ९४ अर्ब ७० करोड ८३ लाख रहेको छ ।

यस्तै सबैभन्दा धेरै सञ्चित नोक्सानी औद्योगिक क्षेत्रको २१ अर्ब ७० करोड ७७ लाख रहेको छ । संस्थानबाट आव २०८०/८१ मा विभिन्न शीर्षकमा एक खर्ब ८३ अर्ब ४३ करोड ८० लाख प्राप्त हुनुपर्ने देखिन्छ । जसमध्ये आयकर १४ अर्ब ६३ करोड, मूल्य अभिवृद्धि कर ५२ अर्ब २० करोड र अन्तःशुल्क ३७ अर्ब ४१ करोड रहेको छ । संस्थानमा कुल ३४ हजार ९५१ जनशक्ति कार्यरत छन् । सबैभन्दा धेरै जनउपयोगी क्षेत्रमा १४ हजार ६७४ र सबैभन्दा कम सामाजिक क्षेत्रमा एक हजार २८० रहेका छन् ।

आव २०८०/८१ मा २१ वटा सार्वजनिक संस्थानले लेखा परीक्षण गरेका छन् भने ३४ वटाले आव २०७९/८० सम्म मात्र लेखा परीक्षण गराएको सर्वेक्षणमा उल्लेख छ ।

2