Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

५५ अर्ब ऋणमा डुबेको नेपाल एयरलाइन्समा अब निजी साझेदारीमा !

५५ अर्ब ऋणमा डुबेको नेपाल एयरलाइन्समा अब निजी साझेदारीमा !
A A+ A-

काठमाडौं । वर्षौंदेखि सुधारको घोषणामै सीमित रहेको नेपाल वायुसेवा निगमलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले राष्ट्रिय ध्वजाबाहकलाई कुनै पनि हालतमा पीपीपी मोडलमा लैजाने घोषणा गरेपछि निगमको पुनर्संरचनाको बहस फेरि तातेको हो ।

तर यसपटकको घोषणा अघिल्ला प्रयासभन्दा केही फरक देखिन्छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमै निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न आवश्यक मोडल तयार गर्ने घोषणा गरिसकेको छ भने प्रधानमन्त्री बालेन्द्र शाहले समेत व्यवस्थापकीय सुधार र रणनीतिक साझेदारीका लागि कम्पनीमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरिसकेका छन् ।

मन्त्री पौडेलले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको ५९औँ साधारणसभामा निगम ऋणमा चुर्लुम्म डुबेको अवस्थामा सरकारी सहयोगबाट मात्रै सुधार सम्भव नभएको भन्दै पीपीपीमा लैजाने बताएका हुन् । उनका अनुसार निगमको अवस्था बुझ्ने चरण सकिएको र अब कार्यान्वयनमा जाने तयारी छ ।

तर निगमको समस्या जहाज थप्ने वा व्यवस्थापन परिवर्तन गर्ने विषयमा मात्रै सीमित छैन । निगमको ऋण दायित्व, कमजोर वित्तीय अवस्था, पुरानो व्यवस्थापन संरचना, कर्मचारीको दायित्व, राजनीतिक हस्तक्षेप, जहाजको उपयोग क्षमता र नयाँ लगानीकर्तालाई आकर्षित गर्ने आधारसमेत एकैपटक समाधान गर्नुपर्ने अवस्था छ ।

३६ अर्बको ऋण ५५ अर्ब नाघ्यो

नेपाल एयरलाइन्सको पीपीपी बहसको सबैभन्दा ठूलो आधार अहिलेको वित्तीय संकट हो । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार निगमले जहाज खरिदका लागि नेपाल सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ३६ अर्ब रुपैयाँ ऋणको साँवा तथा ब्याजसहितको दायित्व ५५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

निगमले ए–३२० जहाज खरिदका लागि कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ र ए–३३० जहाज खरिदका लागि नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ ऋण लिएको थियो । अहिले कर्मचारी सञ्चय कोषतर्फको तिर्नुपर्ने दायित्व ३१ अर्ब ३३ करोड रुपैयाँ र नागरिक लगानी कोषतर्फ २१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यी ऋणमा सरकार जमानी बसेकाले निगमले दायित्व व्यवस्थापन गर्न नसकेको अवस्थामा अन्ततः जोखिम सरकारमै सर्ने अवस्था छ ।

अर्थात् निगमले जहाज किन्न लिएको मूल ऋणभन्दा करिब १९ अर्ब रुपैयाँ बढी दायित्व सिर्जना भइसकेको छ । मूलधनको करिब ५३ प्रतिशत बराबर थप दायित्व बढ्नु निगमको ऋण व्यवस्थापन कति कमजोर छ भन्ने महत्वपूर्ण संकेत हो ।

निगमको समस्या ऋणमा मात्रै छैन । उपलब्ध विवरणअनुसार निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा ए–३२० र दुईवटा ए–३३० गरी चारवटा एयरबस तथा घरेलु उडानका लागि दुईवटा ट्विनअटर सञ्चालनमा छन् । निगमको आफ्नै विवरणमा दुई ए–३३० ले २७४ सिट र ए–३२० ले १५८ सिट क्षमता बोकेको उल्लेख छ ।

यसरी हेर्दा राष्ट्रिय ध्वजाबाहकसँग अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा व्यावसायिक जहाजको संख्या नै सीमित छ । अर्कोतर्फ जहाज खरिदका लागि लिएको ऋणको भार भने लगातार बढिरहेको छ । यही असन्तुलनले पीपीपी वा रणनीतिक साझेदारको आवश्यकता सरकारका लागि थप दबाबपूर्ण बनाएको देखिन्छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत नेपालका सार्वजनिक संस्थानमध्ये नेपाल एयरलाइन्सलाई सबैभन्दा बढी वित्तीय जोखिम भएको संस्थाका रूपमा औँल्याएको छ । आईएमएफको २०२६ को प्रतिवेदनले सार्वजनिक संस्थान पुनर्संरचनाका लागि पीपीपी तथा रणनीतिक इक्विटी साझेदारी अघि बढाउनुपर्ने र नेपाल एयरलाइन्सको सम्पूर्ण दायित्व राज्यको आकस्मिक वित्तीय दायित्वको जोखिममा समेटिएको उल्लेख गरेको छ ।

कम्पनी मोडलको पुरानो फाइल फेरि खुल्यो

नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने विषय नयाँ होइन । आर्थिक वर्ष २०७७/७८ मै निगमको सञ्चालक समितिले कम्पनी मोडलमा रूपान्तरणको प्रक्रिया सुरु गरेको थियो । त्यसपछि सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदासमेत तयार पारिएको थियो । तर कर्मचारी संगठनको विरोध र राजनीतिक असहमतिका कारण प्रक्रिया अघि बढ्न सकेन ।

त्यही प्रक्रियासँग जोडिएका तत्कालीन महाप्रबन्धक डिमप्रसाद पौडेललाई सरकारले २०७९ जेठ २३ गते पदबाट हटाएको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयपछि कम्पनी मोडलमा रूपान्तरणको प्रयास पनि व्यवहारतः रोकियो ।

त्यसअघिको सुधार कार्यदलले समेत निगमलाई विद्यमान संरचनामा चलाउन कठिन हुने भन्दै विदेशी लगानी र रणनीतिक साझेदार ल्याउने तथा व्यावसायिक क्षमता विस्तार गर्नुपर्ने सुझाव दिएको थियो । २०२० मा सार्वजनिक भएको प्रस्तावमा सरकारको बहुमत स्वामित्व कायम राख्दै विदेशी रणनीतिक साझेदारलाई हिस्सा दिने अवधारणासमेत अघि सारिएको थियो ।

यसपटक भने परिस्थिति केही फरक छ । आगामी आर्थिक वर्षको बजेटले नै नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा सञ्चालन गर्न आवश्यक मोडल तयार गर्ने घोषणा गरेको छ । त्यसपछि प्रधानमन्त्री शाहले निगमको व्यवस्थापकीय सुधार र रणनीतिक साझेदारीका लागि कम्पनीमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका छन् ।

यसले मन्त्री पौडेलको पीपीपीसम्बन्धी घोषणालाई सरकारको समग्र नीतिसँग जोडिएको विषय बनाएको छ । तर कम्पनी मोडल र पीपीपी एउटै कुरा होइन । कम्पनीमा रूपान्तरण गरेपछि सरकारको स्वामित्व कति रहने, निजी वा रणनीतिक साझेदारलाई कति हिस्सा दिने, व्यवस्थापन कसरी हस्तान्तरण गर्ने र पुरानो ऋण कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छुट्टै कानुनी तथा वित्तीय निर्णय आवश्यक पर्छ ।

निजी लगानी भित्र्याउनुअघि ऋण र कर्मचारीको हिसाब मिलाउनुपर्ने

पीपीपीको घोषणा गर्न सजिलो भए पनि कार्यान्वयनको सबैभन्दा कठिन प्रश्न निगमको पुरानो दायित्व कसले बोक्ने भन्ने हो । निजी लगानीकर्ता ५५ अर्बभन्दा बढीको ऋण बोकेको संस्थामा त्यही दायित्वसहित प्रवेश गर्न तयार हुन्छ कि सरकारले पुरानो ऋण अलग गरेर नयाँ संरचना बनाउँछ भन्ने कुरा अहिलेसम्म स्पष्ट छैन ।

यदि पुरानो ऋण सरकारमै राखेर नयाँ कम्पनी बनाइन्छ भने राज्यले ठूलो वित्तीय भार तत्कालै स्वीकार गर्नुपर्नेछ । निजी साझेदारलाई ऋणसहितको निगम हस्तान्तरण गर्ने हो भने लगानीकर्ताले त्यसको मूल्यांकनमा ठूलो जोखिम प्रिमियम खोज्ने सम्भावना हुन्छ । त्यसले निजी लगानी आकर्षित गर्ने उद्देश्य नै कमजोर पार्न सक्छ ।

अर्को ठूलो प्रश्न निगमको सम्पत्ति र दायित्वको वास्तविक मूल्यांकन हो । निगमसँग जहाजबाहेक ग्राउन्ड ह्यान्डलिङ, अन्तर्राष्ट्रिय उडानको बजार, ब्रान्ड, विमानस्थलमा रहेको पूर्वाधार र अन्य व्यावसायिक अधिकारसमेत छन् । निगमले त्रिभुवनसहित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको छ ।

त्यसैले पीपीपी अघि बढाउँदा केवल ऋण हेरेर निगमको मूल्यांकन गर्न मिल्दैन । चल सम्पत्ति, अचल सम्पत्ति, जहाजको बजार मूल्य, ब्रान्ड मूल्य, रुट तथा स्लटको व्यावसायिक सम्भावना, ग्राउन्ड ह्यान्डलिङबाट हुने आम्दानी र भविष्यको नगद प्रवाहलाई समेत आधार बनाउनुपर्ने हुन्छ ।

कर्मचारीको विषय पनि त्यत्तिकै संवेदनशील छ । विगतमा कम्पनी मोडलको प्रयास हुँदा कर्मचारी संगठनबाटै ठूलो विरोध भएको थियो । त्यसैले यसपटक कर्मचारीको रोजगारी, सेवा सुविधा, सञ्चित दायित्व र नयाँ कम्पनीमा उनीहरूको स्वामित्व वा सहभागिताको विषय स्पष्ट नगरी प्रक्रिया अघि बढाउन खोजिए फेरि त्यहीँबाट अवरोध आउन सक्छ ।

अन्ततः नेपाल एयरलाइन्सलाई पीपीपीमा लैजाने निर्णय केवल निजी क्षेत्रलाई साझेदार बनाउने विषय होइन । यो ५५ अर्बभन्दा बढीको ऋण, सीमित जहाज, कमजोर वित्तीय अवस्था र वर्षौँदेखिको व्यवस्थापकीय समस्यालाई एकैपटक पुनर्संरचना गर्ने प्रयास हो ।

यसअघि पनि कम्पनी मोडलको घोषणा भयो, कागज तयार भयो र प्रक्रिया अघि बढ्यो । तर राजनीतिक तथा कर्मचारीगत प्रतिरोधपछि त्यो रोकियो । अहिले भने बजेट, प्रधानमन्त्री र पर्यटनमन्त्री तीनै तहबाट पुनर्संरचनाको संकेत आएको छ ।

त्यसैले अब मन्त्री पौडेलका लागि मुख्य चुनौती घोषणा गर्नु होइन कार्यान्वयनको मोडल सार्वजनिक गर्नु हो । सरकारले पुरानो ऋण कसरी व्यवस्थापन गर्छ, निजी साझेदारलाई कति स्वामित्व दिन्छ, सरकारको नियन्त्रण कति राख्छ, कर्मचारीको भविष्य कसरी सुरक्षित गर्छ र नयाँ लगानीकर्तालाई प्रतिफलको आधार के दिन्छ भन्ने स्पष्ट नभएसम्म पीपीपीको घोषणा अर्को सुधारको नारामै सीमित हुने जोखिम छ ।

राष्ट्रिय ध्वजाबाहकलाई बचाउने हो भने यसपटक संरचना परिवर्तनसँगै वित्तीय हिसाब पनि मिलाउनुपर्नेछ । नत्र निजी साझेदार आए पनि पुरानो ऋणको भार सरकारकै काँधमा रहने र निगमको समस्या नयाँ स्वामित्व संरचनामा पनि सर्ने सम्भावना उत्तिकै बलियो रहनेछ ।

2