udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इरानसँगको युद्धमा अमेरिकाको १.३ अर्ब डलरभन्दा बढी क्षति

इरानसँगको युद्धमा अमेरिकाको १.३ अर्ब डलरभन्दा बढी क्षति
A A+ A-

एजेन्सी । इरानसँगको जारी द्वन्द्वमा अमेरिकी सेनाले कम्तीमा ४५ वटा एमक्यू–९ रिपर ड्रोन गुमाएको छ । द वासिङ्टन पोस्ट का अनुसार यो संख्या अमेरिकाको सञ्चालनमा रहेका रिपर ड्रोनको करिब एकचौथाइ हो । यसबाट अमेरिकी सेनाले १.३ अर्ब डलरभन्दा बढी मूल्यका मानवरहित विमान गुमाएको अनुमान गरिएको छ ।

द्वन्द्वमा भएको ठूलो क्षतिले अमेरिकी सेनाको हवाई निगरानी र आक्रमण क्षमतामा समेत दबाब बढाएको छ । हर्मुज जलडमरूमध्य आसपासको क्षेत्रमा निरन्तर निगरानी तथा सैन्य कारबाहीका लागि परिचालन गरिएका रिपर ड्रोनहरू इरानी हवाई प्रतिरक्षा प्रणालीसँगै इलेक्ट्रोनिक अवरोध र सञ्चार सम्पर्क विच्छेदका कारण जोखिममा परेका हुन् ।

द्वन्द्व सुरु हुनुअघि अमेरिकी सेनासँग करिब १८५ वटा रिपर ड्रोन रहेको बताइएको छ । त्यसमध्ये १६५ वटा अमेरिकी वायुसेना र २० वटा मरिन कर्प्ससँग थिए । गुप्तचरी निकायसँग रहेका ड्रोन भने यो संख्यामा समावेश छैनन् ।

मरिन कर्प्सका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोशुआ बेन्सनका अनुसार एसिया–प्रशान्त क्षेत्रमा रहेका एकाइमा कुनै रिपर ड्रोन क्षति भएको छैन । यसले हालको द्वन्द्वमा भएको क्षतिको मुख्य भार अमेरिकी वायुसेनामाथि परेको देखाउँछ ।

रिपर ड्रोनमा जडान गरिएका सेन्सर र हतियारअनुसार एउटाको लागत ३ करोडदेखि ५ करोड डलरसम्म पर्छ । यी ड्रोनलाई हर्मुज जलडमरूमध्य आसपास निरन्तर निगरानी गर्नेदेखि गतिशील लक्ष्य पहिचान र सटीक आक्रमणसम्मका लागि प्रयोग गरिएको थियो ।

तर रिपरको तुलनात्मक रूपमा कम गति र कम उचाइमा उड्न सक्ने विशेषताले यसलाई हवाई प्रतिरक्षा प्रणालीका लागि कमजोर लक्ष्य बनाएको छ । इरानी हवाई रक्षा प्रणालीसँगै इराक र यमनमा सक्रिय सशस्त्र समूहबाट समेत ड्रोनमाथि जोखिम बढेको बताइएको छ ।

यद्यपि गुमेका सबै ४५ ड्रोन शत्रुको आक्रमणबाट मात्र नष्ट भएका होइनन् । पेन्टागनको तथ्यांक उद्धृत गर्दै एक अमेरिकी अधिकारीले केही ड्रोन अपरेटर र विमानबीचको सञ्चार सम्पर्क विच्छेद भएपछि दुर्घटनामा परेको बताएका छन् ।

रिपर ड्रोनको क्षति बढ्दै गएपछि अमेरिकी सेनाभित्र यसको विकल्प र पुनःपूर्तिबारे समेत चिन्ता बढेको छ । मे महिनामा वायुसेनाका वरिष्ठ अधिकारी लेफ्टिनेन्ट जनरल डेभिड ताबोरले सिनेटरहरूलाई सक्रिय रिपर ड्रोनको संख्या घटेर १३५ मा पुगेको जानकारी दिएका थिए ।

रिपरको क्षतिसँगै अमेरिकी सेनाले अन्य महत्वपूर्ण हतियारमा समेत ठूलो खर्च गरिरहेको छ । द्वन्द्वको पहिलो महिनामै अमेरिकी सेनाले ८५० भन्दा बढी टोमाहक क्रुज मिसाइल तथा १ हजारभन्दा बढी पेट्रियट र थाड हवाई रक्षा इन्टरसेप्टर प्रयोग गरिसकेको बताइएको छ ।

हतियारको तीव्र खपतका कारण अमेरिकी कमान्डरहरूलाई इन्टरसेप्टर प्रयोगमा समेत प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था आएको छ । यसले लामो समयसम्म चल्ने सैन्य अभियानका लागि अमेरिकी हतियार भण्डार र पुनःपूर्ति क्षमतामाथि दबाब बढाएको देखिन्छ ।

रिपरको ठाउँमा सस्तो स्वार्म ड्रोन

अमेरिकी रक्षा मन्त्रालयले महँगा रिपर ड्रोनको विकल्पमा कम लागतका तथा समूहमा परिचालन गर्न सकिने स्वार्म ड्रोनतर्फ ध्यान बढाएको छ । तर नष्ट भएका रिपरको संख्या ठूलो भएकाले तत्कालै त्यही क्षमतामा नयाँ ड्रोन थप्न कठिन हुने देखिन्छ ।

एमक्यू–९ रिपरलाई जनरल एटोमिक्स एयरोनटिकल सिस्टम्सले निर्माण गरेको हो । सुरुमा ‘प्रिडेटर–बी’ नाम दिइएको यो ड्रोन मध्यम उचाइमा लामो समयसम्म उडान गर्न सक्ने मानवरहित विमान हो ।

यसलाई सुरुदेखि नै निगरानीसँगै आक्रमण गर्न सक्ने ‘हन्टर–किलर’ ड्रोनका रूपमा विकास गरिएको थियो । रिपरले २४ घण्टाभन्दा बढी समयसम्म हवाई क्षेत्रमा रहेर लक्ष्य निगरानी गर्न सक्छ ।

यसमा इलेक्ट्रो–अप्टिकल तथा इन्फ्रारेड सेन्सर र सिन्थेटिक एपर्चर राडार जडान गरिएको हुन्छ । ड्रोनमा रहेका ६ वटा हार्डपोइन्टमार्फत करिब १ हजार ७ सय केजीसम्म हतियार बोक्न सक्ने क्षमता छ । हेलफायर मिसाइल तथा लेजर निर्देशित बमसमेत यसमा प्रयोग गर्न सकिन्छ ।

स्याटेलाइट डेटा लिंकमार्फत यसको सञ्चालन गरिन्छ । सामान्यतः एक पाइलट र एक सेन्सर अपरेटरले यसलाई नियन्त्रण गर्छन् । यस प्रणालीका कारण अमेरिकामा रहेका अपरेटरले हजारौँ किलोमिटर टाढा रहेको क्षेत्रमा समेत ड्रोनको मिसन सञ्चालन गर्न सक्छन् ।

इरानसँगको द्वन्द्वमा रिपरको ठूलो क्षतिले भने अमेरिकी सेनाका लागि एउटा महत्वपूर्ण प्रश्न उठाएको छ—महँगा र अत्याधुनिक ड्रोनमा निर्भर सैन्य रणनीति शक्तिशाली हवाई प्रतिरक्षा प्रणाली भएको युद्धक्षेत्रमा कति प्रभावकारी रहन्छ ?

2

Einen Blick wert — crypto casino für spannende Casino-Action