Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

वैदेशिक रोजगारीबाट १४ खर्ब ४५ अर्ब विप्रेषण प्राप्त

वैदेशिक रोजगारीबाट १४ खर्ब ४५ अर्ब विप्रेषण प्राप्त
A A+ A-

भोजपुर- वैदेशिक रोजगारीबाट गत आवमा नेपालले १४ खर्ब ४५ अर्ब ३२ करोड विप्रेषण प्राप्त गरेको छ । सामीरहेल्भेटास नेपालका कार्यक्रम अधिकृत राम प्रमेश मण्डलका अनुसार आव २०६३-०६४ देखि २०८०-०८१ सम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा ७२ लाखभन्दा बढी युवायुवती विदेश गएका छन् ।

जसमा सबैभन्दा धेरै मधेश प्रदेशबाट १ लाख ७२ हजार ८ सय ६१ जना रहेका छन् । वैशाख २०८२ वैशाखको तथ्याङ्क हेर्दा दैनिक २ हजार ६ सय को हाराहारीमा दैनिक रोजगारीको खोजीमा विदेशिने गरेका छन् । गत वैशाखमा मात्र भोजपुरबाट ७ सय ४६ जना विदेसिएका छन् ।

शुक्रवार नेपाली आप्रवासी कामदार र तिनका परिवारलाई राज्य संयन्त्रबाट संरक्षण गरी सुरक्षित तथा मर्यादित कार्य वातावरणबाट लाभान्वित बनाउने उद्देश्यले भोजपुर जिल्लामा सञ्चालित सामी कार्यक्रमले पत्रकारहरूसँग जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी उक्त जानकारी दिएको हो ।

सामी कार्यक्रमले जिल्लामा रहेर सूचनामा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, लगायत कार्यक्रम गर्दै आएको सामी कार्यक्रमले हालसम्म गरेका कार्यहरू र त्यसका उपलब्धिका बारेमा जानकारी दिने उद्देश्यले अन्तर्क्रिया गरेको हो । जसमा २ हजार ९ सय ८३ जनाले सूचनामा पहुँच, ७ जना मृतकका आफन्तलाई १ करोड ४६ लाख बढी राहत उपलब्ध, ४० जनालाई मनोसामाजिक परामर्श, वित्तीय साक्षरता लगायतको जानकारी दिएको सामी कार्यक्रम जिल्ला संयोजक कर्ण पुलामी मगरले बताउनुभयो ।

त्यस्तै सामी∕हेल्भेटास नेपालका कार्यक्रम अधिकृत राम प्रमेश मण्डलले वैदेशिक रोजगारीको वर्तमान अवस्था, सोसँग सम्बन्धित वैधानिक तथा कानुनी प्रावधानहरूका बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार सामी कार्यक्रम वैदेशिक रोजगार सम्बन्धी ऐन, कानुन निमार्ण, प्रमुख जिल्ला अधिकारी मार्फत मुद्दा हेर्ने, वैदेशिक रोजगार विभाग र प्रहरी बिच समझदारी, सुरक्षित आप्रवासन सामी कार्यान्वयन, रेमी कार्यविधि कार्यान्वयनमा रहेको छ ।

नेपाल सरकारले सामी कार्यक्रम चौथो फेज करिब रु ५ अर्ब ५५ करोड ७६ लाख लागतमा देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ अगाडि बढीरहेको र यसले वैदेशिक रोजगारीका फाइदा, प्रभाव, उपलब्धि एवं प्रभावकारीताका बारेमा कार्य गर्ने सामी कार्यक्रमका सामाजिक परिचालक अधिकृत पुष्पाञ्जली थापाले बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासङ्घ भोजपुरकी उपाध्यक्ष शारदा तामाङले सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले पत्रकारिता सम्बन्धी आचारसंहिता, पत्रकारिता सम्बन्धी मौज्दात ऐन, कानुन, तथा नीतिहरू, पत्रकारिताले समाजमा पारेको सकारात्मक प्रभावहरू, नकारात्मक प्रभावहरू आदिको बारेमा जानकारी दिनुभयो ।

वैदेशिक रोजगार र सामाजिक असरका विषयमा जानकारी दिँदै मनोपरामर्शकर्ता रुवीना श्रीकारले वैदेशिक रोजगारीबाट हुने पारिवारिक विखण्डन, सामाजिक विकृति, आर्थिक हिनामिना, महिला हिंसा, क्रण, ठगी, शोषण लगायतका जानकारी दिनुभयो ।

कार्यक्रमको समापन गर्दै भोजपुर नगरपालिकाका मेयर तथा कार्यक्रमका अध्यक्ष कैलाशकुमार आलेले भोजपुरमा वैदेशिक रोजगारका क्षेत्रमा सामी कार्यक्रमले पुर्‍याएकाे योग्दान निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

2