Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चेम्बर अफ कमर्सद्धारा हीरक जयन्तीको लोगो सार्वजनिक

चेम्बर अफ कमर्सद्धारा हीरक जयन्तीको लोगो सार्वजनिक
अ+ अ-

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले ७५ औं वर्षगाँठको अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार परिषदका अध्यक्ष एवं हीरक जयन्ती मुल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रुपमा लोगो सार्वजनिक गरे ।

मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक वर्षगाँठको अवसरमा चेम्बरले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदैछ । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गरिसकेको छ ।

निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिविधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गर्दैछ ।

विसं २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको सवैभन्दा पुरानो संस्था हो । चेम्बर अभियान ७५ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्तीलाई भव्य बनाउने तयारी भएको सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

2