udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

उत्पादनमूलक उद्योगमा ५१ अर्ब लगानी प्रतिबद्धता

उत्पादनमूलक उद्योगमा ५१ अर्ब लगानी प्रतिबद्धता
A A+ A-

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ मा उद्योग विभागमार्फत उत्पादनमूलक उद्योगमा ५१ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ। यो वर्ष विभागमार्फत समग्रमा ५ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ, जुन हालसम्मकै उच्च हो।

विभागका अनुसार उत्पादनमूलक क्षेत्रमा १४७ उद्योगका लागि कुल ५१ अर्ब ४२ करोड ७१ लाख ४३ हजार २१८ रुपैयाँ लगानी प्रतिबद्धता आएको हो। तीमध्ये १२ उद्योगमा प्रतिइकाइ १ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव गरिएको छ।

सबैभन्दा ठूलो लगानी प्रतिबद्धता मोरङमा स्थापना हुने अन्नपूर्ण राठी केवल्स इन्डस्ट्रिज लिमिटेडमा आएको छ। कम्पनीले ३ अर्ब २४ करोड ७० लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

दोस्रो ठूलो प्रतिबद्धता बारामा स्थापना हुने लुम्बिनी होनर्जी प्रालिको छ। ब्याट्री उत्पादन गर्ने उक्त उद्योगमा २ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। उद्योगले वार्षिक ५० हजार ५०० मेगावाट आवर क्षमतामा ब्याट्री उत्पादन गर्ने जनाएको छ।

त्यस्तै, मेडट्रोनिक मेडिकेयर म्यानुफ्याक्चरिङमा १ अर्ब ९५ करोड ६६ लाख, आरती स्टिलमा १ अर्ब ६४ करोड र अपोलो स्टिलमा १ अर्ब ६३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

सोना श्री फुड्समा १ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। बाँकेमा स्थापना हुने उद्योगले सनफ्लावर र सोयाबिन तेल उत्पादन गर्नेछ।

रिसिका सुगर इन्डस्ट्रिजमा १ अर्ब ४० करोड, हुलास केवल एन्ड कन्डक्टर्समा १ अर्ब ३५ करोड, बिग प्लस मिनरल्समा १ अर्ब २० करोड र भागेश्वर रिफाइनरी आयल इन्डस्ट्रिजमा १ अर्ब १६ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।

यस्तै, बालाजी पेपर्समा १ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। उक्त उद्योगले वार्षिक २९ हजार १०० मेट्रिक टन क्राफ्ट पेपर उत्पादन गर्ने जनाएको छ।

त्यस्तै, बारामा स्थापना हुने एग्रो थाई फुड्स तराई प्रालिमा १ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। उद्योगले बोतलको पानी, जुस, मसला मिल्क, चकलेट मिल्क र बदाम मिल्कलगायत खाद्य तथा पेय पदार्थ उत्पादन गर्नेछ।

उद्योग विभागको तथ्यांकले पछिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा ठूलो आकारका लगानी प्रस्ताव बढेको देखाएको छ। यस्ता प्रतिबद्धता कार्यान्वयनमा आएमा उत्पादन क्षमता, रोजगारी र औद्योगिक गतिविधि विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action