Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

उत्पादन क्षेत्रका १७ कम्पनीमध्ये ७ को नाफा बढ्यो

उत्पादन क्षेत्रका १७ कम्पनीमध्ये ७ को नाफा बढ्यो
नेपाल स्टक एक्सचेन्जको केन्द्रीय कार्यालय।
A A+ A-

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत उत्पादन तथा प्रशोधन क्षेत्रका १७ कम्पनीको संयुक्त खुद नाफा गत आर्थिक वर्षमा ७०.३४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको ३ अर्ब ९७ करोड १५ लाख रुपैयाँको संयुक्त नाफा तथा नोक्सानी गत वर्ष ६ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ पुगेको हो।

तर समग्र नाफामा आएको सुधार सबै कम्पनीको प्रदर्शनका कारण भने होइन। बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) अघिल्लो वर्षको नोक्सानीबाट नाफामा फर्किएपछि संयुक्त नाफा उल्लेख्य बढेको हो।

गत वर्ष ७ कम्पनीको नाफा बढेको छ भने ५ कम्पनीको घटेको छ। दुई कम्पनी नोक्सानीबाट नाफामा फर्किएका छन्। एक कम्पनीले नोक्सानी घटाएको छ भने दुई कम्पनी नाफाबाट नोक्सानीमा गएका छन्।

नाफा बढाउनेमा सोनापुर मिनरल्स अगाडि छ। कम्पनीको खुद नाफा ६१४.१९ प्रतिशतले बढेर ३३ करोड ७१ लाख रुपैयाँ पुगेको छ। हिमालयन डिस्टिलरीको नाफा २८.१४ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल ल्युब आयलको २३.०४ प्रतिशतले बढेर ५ करोड ५० लाख रुपैयाँ पुगेको छ।

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, सर्वोत्तम सिमेन्ट, एभरेष्ट कलर र एसवाई प्यानल नेपालको नाफा क्रमशः १२.६६, ७.७०, ४.२५ र १.२० प्रतिशतले बढेको छ।

बोटलर्स नेपाल (बालाजु) ४० करोड १ लाख रुपैयाँभन्दा बढी नोक्सानीबाट ८७ करोड ८३ लाख रुपैयाँभन्दा बढी नाफामा फर्किएको छ। तराई पनि ६१ करोड ३९ लाख रुपैयाँभन्दा बढी नोक्सानीबाट ६५ करोड ९२ लाख रुपैयाँभन्दा बढी नाफामा पुगेको छ।

पाँच कम्पनीको नाफा घट्यो

पाल्पा सिमेन्टको नाफा सबैभन्दा धेरै ५९.०८ प्रतिशतले घटेर ३ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। युनिलिभर नेपालको नाफा २०.०५ प्रतिशतले घटेर १ अर्ब ५७ करोड ७० लाख रुपैयाँमा झरेको छ।

रिलायन्स स्पिनिङ मिल्सको नाफा १६.१४ प्रतिशतले घटेर ३९ करोड ९० लाख रुपैयाँ पुगेको छ। सर्वोत्तम पेन्ट्स र शिवम् सिमेन्टको नाफा क्रमशः ११.४० प्रतिशत र १.७२ प्रतिशतले घटेको छ।

रकमका आधारमा युनिलिभर नेपाल अझै समूहकै सबैभन्दा बढी नाफा गर्ने कम्पनी हो। त्यसपछि हिमालयन डिस्टिलरी र सर्वोत्तम सिमेन्ट रहेका छन्।

घोराही सिमेन्टको नोक्सानी ५५ करोड ४३ लाखबाट ४४.४३ प्रतिशतले घटेर ३० करोड ८० लाख रुपैयाँमा सीमित भएको छ। तर कम्पनी नाफामा फर्किन सकेको छैन।

सागर डिस्टिलरी र ओम मेगाश्री फर्मास्युटिकल्स भने नाफाबाट नोक्सानीमा गएका छन्। सागर ५ करोड ७२ लाख रुपैयाँभन्दा बढी र ओम मेगाश्री ३ करोड ७७ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा छन्।

समग्र तथ्यांकले उत्पादन तथा प्रशोधन क्षेत्रको नाफा बढे पनि कम्पनीगत रूपमा बजार माग, लागत र सञ्चालन दक्षताको प्रभाव फरक रहेको देखाएको छ।

2