Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

जुम्लाले उत्पादन गर्न थाल्यो विशेषज्ञ डाक्टर

जुम्लाले उत्पादन गर्न थाल्यो विशेषज्ञ डाक्टर
A A+ A-

जुम्ला । कुनै समय एक जना मेडिकल अधिकृत पाउनसमेत केन्द्र सरकारसँग गुहार गर्नुपर्ने जुम्लाले अहिले विशेषज्ञ चिकित्सक उत्पादन गरेर देश–विदेशमा पठाउन थालेको छ। विकटता र अभावको पर्याय मानिने कर्णालीले चिकित्सा शिक्षामार्फत आफ्नो पुरानो परिचय बदल्दै गएको छ।

जिल्ला अस्पतालबाट स्तरोन्नति भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि जुम्लामा उपचारसँगै चिकित्सा शिक्षा र अनुसन्धान विस्तार भएको हो। प्रतिष्ठानले अहिलेसम्म १४ जना विशेषज्ञ चिकित्सक उत्पादन गरिसकेको उपकुलपति प्राडा. सूर्यमान मेन्याङ्म्बोले जानकारी दिए।

२०७७ सालमा स्नातकोत्तर तहको पहिलो ब्याच सुरु हुँदा पाँच विशेषज्ञ चिकित्सक उत्पादन भएका थिए। दोस्रो ब्याचबाट पाँच र तेस्रोबाट चार जना विशेषज्ञ बने। चौथो, पाँचौँ र छैटौँ ब्याचमा क्रमशः चार, नौ र १० जना गरी २३ जना विशेषज्ञ चिकित्सक अध्ययनरत छन्।

प्रतिष्ठानले एमबिबिएसतर्फ पनि पहिलो ब्याचका १८ चिकित्सक उत्पादन गरेको छ। पहिलो ब्याचका २० विद्यार्थीकामध्ये १८ जना उत्तीर्ण भएका हुन्। उनीहरूले एक वर्ष इन्टर्नशीप पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरी चिकित्सकीय सेवामा प्रवेश गर्नेछन्।

प्रतिष्ठानमा अहिले एमबिबिएसको छैटौँ ब्याच सञ्चालनमा छ। पहिलो ब्याचमा २०, दोस्रो र तेस्रोमा ३०–३० तथा चौथो, पाँचौँ र छैटौँमा ५०–५० जना गरी २३० विद्यार्थी अध्ययनरत छन्। भारतका उत्तराखण्ड, मध्यप्रदेश र जम्मु–काश्मीरबाट आएका आठ विद्यार्थीसमेत यहाँ एमबिबिएस पढिरहेका छन्।

चिकित्सा शिक्षाको दायरा एमबिबिएसमै सीमित छैन। प्रतिष्ठानमा क्लिनिकल फार्मेसी, मिडवाइफरी, नर्सिङ, पब्लिक हेल्थ र विभिन्न विषयमा स्नातकोत्तर तहको अध्ययन भइरहेको छ। क्लिनिकल फार्मेसीमा ७८, मिडवाइफरीमा ६, नर्सिङतर्फ १११ र पब्लिक हेल्थका विभिन्न तहमा विद्यार्थी अध्ययनरत छन्।

प्रतिष्ठानका संस्थापक तथा पहलकर्ता नरेश भण्डारीले सामान्य स्वास्थ्यकर्मीसमेत पाउन कठिन जुम्लाले चिकित्सक उत्पादन गर्नु ठूलो उपलब्धि भएको बताए। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले प्रतिष्ठानले उपचार सेवा मात्र नभई कर्णालीको आर्थिक तथा सामाजिक रूपान्तरणमा समेत योगदान पुर्‍याएको बताए।

2