Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बिमा कम्पनीले गरे छत्तिस अर्बको व्यापार

बिमा कम्पनीले गरे छत्तिस अर्बको व्यापार
अ+ अ-

काठमाडौँ- निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म करिब ३६ अर्बको व्यापार गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीले चालु आवको वैशाखसम्म ३५ अर्ब ८६ करोड ५० लाख रुपियाँ बराबरको व्यवसाय गरेका हुन् । अहिले सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले ३५ अर्ब नौ करोड ८० लाख रुपियाँको व्यापार हिस्सा ओगटेका छन् भने चार वटा लघु निर्जीवन बिमा कम्पनीले भने ७६ करोड ६९ लाख रुपियाँको व्यापार गरेका हुन् ।

यो अवधिमा कम्पनीले बिमा शुल्क सङ्कलनलाई ८.४६ प्रतिशतले बढाएका छन् । १४ वटा ठुला निर्जीवन बिमा कम्पनीको मात्रै ६.७६ प्रतिशतले बढेको छ भने लघु निर्जीवन बिमाको बिमा शुल्क सङ्कलन भने २.९५ प्रतिशतले बढेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

शिखरको अग्रता

निर्जीवन बिमा कम्पनीमध्ये कुल बिमा सङ्कलनको आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा पुगेको छ । यस्तै १४ वटा निर्जीवन बिमा कम्पनीमध्ये वैशाखसम्म १० वटा कम्पनीको बिमा शुल्क सङ्कलन बढेको छ भने चार वटाको घटेको छ । सबैभन्दा धेरै दी ओरियन्टल इन्स्योरेन्सको ३७.११ प्रतिशतले बढेको छ भने राष्ट्रिय बिमा कम्पनीको १३.११ प्रतिशतले बिमा शुल्क सङ्कलन घटेको छ ।

शिखरले वैशाखसम्म चार अर्ब ६८ करोड १८ लाख रुपियाँ बराबरको बिमा शुल्क सङ्कलन गरेको छ । जुन गत वर्षभन्दा ३.१० प्रतिशतले बढी हो । गत वर्ष शिखरले चार अर्ब ५४ करोड रुपियाँ बराबरको मात्रै बिमा शुल्क सङ्कलन गरेको थियो ।

पाँच कम्पनीको तीन अर्बमाथि

शिखरसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, सिद्धार्थ प्रिमियम, हिमालयन एभरेस्ट इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तीन अर्बमाथिको व्यापार गरेका छन् ।

शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा आएको छ । सगरमाथा लुम्बिनी चालु आवको वैशाख मसान्तसम्म चार अर्ब चार करोड १५ लाख रुपियाँ बराबरको बिमा शुल्क सङ्कलन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ४.०२ प्रतिशतले बढी हो ।

तेस्रो स्थानमा आएको सिद्धार्थ प्रिमियमले तीन अर्ब ४७ करोड, चौथोमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले तीन अर्ब आठ करोड, पाँचौँमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तीन अर्ब दुई करोड रुपियाँ कुल बिमा शुल्क सङ्कलन गरेका छन् ।

दस कम्पनीको व्यापार तीन अर्ब तल

सञ्चालनमा रहेका निर्जीवन कम्पनीमध्ये १० वटाको व्यापार तीन अर्बको लाइनभन्दा तल रहेको छ । नेकोले दुई अर्ब ७० करोड, एनएलजीले दुई अर्ब ४२ करोड, दी ओरियन्टल इन्स्योरेन्सले दुई अर्ब २५ करोड, सानिमा जिआइसीले दुई अर्ब नौ करोड, युनाइटेड अजोडले दुई अर्ब नौ करोड, नेपाल इन्स्योरेन्सले एक अर्ब ६८ करोड, प्रभु इन्स्योरेन्सले एक अर्ब ४३ करोड, राष्ट्रिय बिमा कम्पनीले एक अर्ब १६ करोड र नेसनल इन्स्योरेन्सले ९२ करोड ९९ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका छन् ।

बिमालेखमा सिद्धार्थ अगाडि

बिमा लेखको सङ्ख्याको आधारमा वैशाख महिनामा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीले वैशाख मसान्तसम्म दुई लाख ५१ हजार ६६९ वटा बिमा लेख जारी गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा केही कम हो । वैशाखसम्म शिखर, नेको, सगरमाथा लुम्बिनी, हिमालयन एभरेस्ट र युनाइटेड अजोड इन्स्योरेन्सले दुई लाख वटाभन्दा बढी बिमा लेख जारी गरेका थिए ।

आइजिआई प्रुडेन्सियल, एनएलजी, नेपाल, राष्ट्रिय बिमा, सानिमा र प्रभु इन्स्योरेन्सले एक लाखभन्दा बढी बिमालेख जारी गरेका थिए । दी ओरियन्टल र नेसनल इन्स्योरेन्सले भने एक लाखभन्दा कम मात्रै बिमालेख जारी गरेका थिए ।

2