Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अठार संस्थानको मात्र नियमित लेखा परीक्षण

अठार संस्थानको मात्र नियमित लेखा परीक्षण
अ+ अ-

काठमाडौँ- अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार कम्पनी ऐनबमोजिम स्थापना भएका ३४ वटा संस्थानमध्ये १८ संस्थानले नियमित लेखा परीक्षण गराएका छन् । समीक्षा अनुसार १६ वटा संस्थानले नियमित लेखा परीक्षण गराएका छैनन् ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म लेखा परीक्षण गराउनेमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, धौबादी फलाम कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड रहेका छन् ।

यस्तै नियमित लेखा परीक्षण गराउनेमा कृषि सामग्री कम्पनी लिमिटेड, नेपाल आयल निगम, कृषि विकास बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड, नेपाल स्टक एक्सचेन्स लिमिटेड र नागरिक लगानी कोष रहेका छन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल बैङ्क लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, सांस्कृतिक संस्थान, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र साझा यातायातले पनि नियमित गरेको उल्लेख छ ।

उदयपुर सिमेन्ट, सार्वजनिक सेवा प्रसारण नेपाल र गोरखापत्र संस्थानले भने आ.व २०७८/७९ सम्म र नेपाल रेलवे कम्पनी लिमिटेडले आव २०७७/७८ सम्मको लेखा परीक्षण गराएका छन् । यस्तै जनकपुर चुरोट कारखाना र राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आव २०७६/७७ सम्मको लेखा परीक्षण गराएका छन् । विशाल बजार कम्पनी लिमिटेडले आव २०७५/७६ सम्म लेखा परीक्षण गराएको छ । राष्ट्रिय जीवन बिमा कम्पनीले २०७३/७४ सम्मको मात्र लेखा परीक्षण गराएको छ । यस्तै नेपाल ओरियन्ड म्याग्नेसाइट प्राइभेट लिमिटेडले भने आव २०६४/६५ देखि लेखा परीक्षण नगराएको संस्थानको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

पैँतिस हजारलाई रोजगारी

सार्वजनिक संस्थानमा करिब ३५ हजार जनाले रोजगारी पाएका छन् । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार मुलुकभर सञ्चालमा रहेका संस्थानमा ३४ हजार ९५१ जनाले रोजगारी पाएका हुन् । आव २०७९/८० मा सार्वजनिक संस्थानमा ३२ हजार १८० जना कर्मचारी रहेकोमा आव २०८०/८१ मा ८.६१ प्रतिशतले वृद्धि भई ३४ हजार ९५१ जना कार्यरत छन् । कर्मचारी भर्ना प्रक्रिया लोक सेवा आयोगबाट हुन थालेपछि समयमा रिक्त पदमा पूर्ति भएकाले रोजगारी सङ्ख्या बढ्न थालेको हो । कार्यरत कर्मचारीमध्ये जनोपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी १४ हजार ६७४ जना र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम एक हजार २८० जना कार्यरत रहेका छन् ।

यस्तै औद्योगिक क्षेत्रमा एक हजार ८७३, व्यापारिक क्षेत्रमा एक जार ५३५, सेवा क्षेत्रमा चार हजार ७६० र वित्तीय क्षेत्रमा १० हजार ८२९ जना कार्यरत रहेका छन् ।

आव २०८/८१ मा सबैभन्दा बढी कर्मचारी नेपाल विद्युत् प्राधिकरणमा आठ हजार ८३९ जना, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा पाँच हजार १८७ जना र राष्ट्रिय वाणिज्य बैङ्कमा तीन हजार ६६४ जना कर्मचारी छन् ।

2