Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

‘नेपाल–चीन १०१’ प्रतिवेदन सार्वजनिक

‘नेपाल–चीन १०१’ प्रतिवेदन सार्वजनिक
A A+ A-

काठमाडौं। नेपाल आर्थिक मञ्च (नेपाल इकोनोमिक फोरम) ले व्यवसाय, नवीकरणीय ऊर्जा र पर्यटन क्षेत्रमा केन्द्रित ‘नेपाल–चीन १०१’ प्रतिवेदन सार्वजनिक गरेको छ।

दुई वर्ष लामो अध्ययनपछि तयार पारिएको प्रतिवेदनले नेपाल–चीन आर्थिक सम्बन्धका बदलिँदा आयाम, सम्भावना र चुनौतीको अध्ययन गरेको छ। प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल–चीन सम्बन्धको आर्थिक तथा भूराजनीतिक पक्षमाथि विज्ञहरूले धारणा राखेका थिए।

कार्यक्रममा हङकङ विश्वविद्यालयका सहायक प्राध्यापक डा. ब्रायन वङले मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै नेपाल–चीन सम्बन्धका बदलिँदा आयामबारे आफ्नो धारणा प्रस्तुत गरे। उनले परम्परागत कूटनीतिक दृष्टिकोणलाई चुनौती दिँदै ऐतिहासिक विरासतले वर्तमानका भूराजनीतिक निर्णयलाई समेत प्रभावित गरिरहेको बताए।

‘नेपाल–चीन १०१’ परियोजनाका संयोजक आर्य आवालेले अध्ययनका प्रमुख निष्कर्ष प्रस्तुत गरे। प्रतिवेदनले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई विशेषगरी व्यवसाय, नवीकरणीय ऊर्जा र पर्यटनका दृष्टिले विश्लेषण गरेको छ।

कार्यक्रममा एरानिको प्रोजेक्टकी सहसंस्थापक अनेका रेबेका राजभण्डारीले पनि नेपाल–चीन सम्बन्धबारे आफ्नो धारणा राखिन्। उनले दुई देशबीचको सम्बन्धलाई तत्काल भूराजनीतिक चस्माबाट मात्रै हेर्ने प्रवृत्तिप्रति सचेत गराउँदै नेपालको भौगोलिक निकटताका बाबजुद संस्थागत दूरीले सम्बन्धको व्यवहारिक पक्षलाई प्रभावित गर्न सक्ने बताइन्।

कार्यक्रमको उद्घाटन तथा समापन गर्दै नेपाल आर्थिक मञ्चका अध्यक्ष सुजीव शाक्यले नेपालको प्रमुख आर्थिक तथा विकासका विषयमा तथ्यमा आधारित बहस र संवादलाई अघि बढाउन नेपाल आर्थिक मञ्च प्रतिबद्ध रहेको बताए।

नेपालले चीनसँग व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा तथा पूर्वाधारलगायत क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने प्रयास गरिरहेका बेला सार्वजनिक गरिएको प्रतिवेदनले द्विपक्षीय सम्बन्धलाई आर्थिक विकासका दृष्टिले थप बहसमा ल्याउने अपेक्षा गरिएको छ।

प्रतिवेदनले नेपाल–चीन सम्बन्धका अवसर र चुनौतीलाई समग्र रूपमा बुझ्दै नेपालको आर्थिक हितमा उपलब्ध सम्भावनालाई व्यवहारिक रूपमा उपयोग गर्ने विषयमा बहस अघि बढाउने उद्देश्य राखेको छ।

2