Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भेटघाट रोकेर बजेटको तयारी

भेटघाट रोकेर बजेटको तयारी
अ+ अ-

मकवानपुर- बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सर्वसाधारणसँगको भेटघाट बन्द गरेर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारी थालेको छ । मन्त्रालयले शनिबारबाट सर्वसाधारणसँगको भेटघाट नै बन्द गरेर मन्त्रालयका कर्मचारी आगामी आवको बजेट तर्जुमामा जुटेका हुन् ।

मन्त्रालयको प्रवेशद्वारमा आव २०८२/८३ को बजेट तर्जुमासम्बन्धी काम भइरहेकाले शनिबारदेखि अर्को सूचना नभएसम्म यस मन्त्रालयमा सर्वसाधारणका लागि भेटघाट बन्द गरिएको सूचना टाँस गरिएको छ । यही जेठ १४ गते आगामी आवको नीति तथा कार्यक्रम बागमती प्रदेश सभामा पेस भएकोमा आव २०८२/८३ को बजेट आगामी असार १ गते ल्याउने गरी प्रदेश सरकारले योजनाको माग, प्रविष्ट गर्ने, छनोटलगायतलाई तीव्र बनाएको हो ।आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले आगामी आवको बजेट बनाउने प्रक्रिया सुरु भइसकेको भन्दै आर्थिक विधेयक र आर्थिक सर्वेक्षण बनाउने तयारीमा जुटिरहेको जानकारी दिनुभयो । सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट ल्याउने गरी तयारी भइरहेको भन्दै सरकारको स्रोतको सीमा रहेर बजेट बनाउनुपर्ने चुनौती र दबाब रहेको उहाँले बताउनुभयो ।

सङ्घबाट आउने अनुदान घटेको र प्रदेशको राजस्व सङ्कलन नबढेको अवस्थामा बजेटको आकार बढाउनु ठिक नहुने उहाँको भनाइ छ । सरकारको खर्च क्षमता नबढ्दा पनि चालु आवमा भने बढेर आएको उहाँले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारले आव २०८०/८१ मा कुल ६२ अर्ब ७९ करोड ९० लाख ७८ हजार रुपियाँको बजेट ल्याएकामा चालु आव २०८१/८२ का लागि बजेटको आकार बढाएर ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँको बजेट ल्याएको थियो । बजेटमध्ये चालु आवको १० महिनामा प्रदेश सरकारले ३८.९१ प्रतिशत अर्थात् २५ अर्ब ११ करोड ४७ लाख १३ हजार बजेट मात्र खर्च गरेको छ ।

2