Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

विद्युत् पहुँच युक्त कर्णाली बनाउँदै छौँ: मन्त्री श्रेष्ठ

विद्युत् पहुँच युक्त कर्णाली बनाउँदै छौँ: मन्त्री श्रेष्ठ
A A+ A-

काठमाडौँ। संसद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय ग्रिड विस्तारसँगै स्थानीयस्तरमा लघु जलविद्युत्, सौर्य मिनीग्रिड र घरेलु सौर्य प्रणाली विस्तार गरेर विद्युत् सेवायुक्त कर्णाली बनाउने काममा लागि परेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा आज उनले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै हालसम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत कर्णालीमा २०९ वटा लघु तथा साना जलविद्युत् आयोजनाबाट छ हजार ७१९ किलोवाट विद्युत् उत्पादन भई ६४ हजार २३१ घरधुरी लाभान्वित भएका अवगत गराए ।

त्यस्तै, २३ वटा सौर्य मिनीग्रिडबाट एक हजार ७०९ किलोवाट विद्युत् उत्पादन भई पाँच हजार ३९१ घरधुरीमा विद्युत् पहुँच पुगेको उनले बताए ।

मन्त्री श्रेष्ठले भने, “कर्णालीका कूल ७१८ वडामध्ये ८२ वडा पूर्ण रूपमा, ४७२ वडा आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युतीकरण भएका छन् भने १६४ वडामा अझै राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी छ । सरकारले यसलाई केवल तथ्यांकको विषय नभई नागरिकको आधारभूत सेवा र सामाजिक न्यायसँग जोडिएको दायित्वका रूपमा लिएर आगामी कार्ययोजना अगाडि बढाइरहेको जानकारी गराउँदछु ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र सम्मिलित कार्यदलले २०७९ सालमा कर्णालीमा विद्युतीकरण हुन बाँकी एक लाख १ हजार १८७ घरधुरी तथा भौगोलिक क्षेत्र पहिचान गरी ‘लास्ट माइल विद्युतीकरण योजना’ तयार गरी कार्यान्वय भइसकेको अवस्था उनले बताए ।

कर्णाली प्रदेशमा प्रसारण तथा सबस्टेशनतर्फ पनि महत्वपूर्ण काम भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, “१३२ केभी सुर्खेत सबस्टेशन हाल सञ्चालनमा आइसकेको छ । ३२ किलोमिटर लामो डबल सर्किट १३२ केभी सुर्खेत–दैलेख प्रसारण लाइन निर्माणाधीन र आगामी असार महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”

वैकल्पिक ऊर्जातर्फ पनि सरकारले समानान्तर रूपमा काम अघि बढाइरहेको बताउँदै उनले एसियाली विकास बैंकको ऋण सहयोगमा आठ मेगावाट क्षमताको ग्रिड कनेक्टेड सौर्य विद्युत् आयोजना सुरु गरिएको उल्लेख गरे ।

“यसका लागि दैलेख, रुकुम पश्चिम र जुम्लामा जग्गा छनोट भइसकेको छ । साथै, दुर्गम वडाहरूमा सोलार होम सिस्टम, साना जलविद्युत् तथा सोलार मिनीग्रिड निर्माणका लागि बजेटसमेत विनियोजन गरी कार्यक्रम सञ्चालन भइरहेको निवदेन गर्दछु”, उनले भने ।

अब कर्णाली ‘विद्युत् पहुँच पुगेको प्रदेश’ मात्र होइन, विश्वसनीय, गुणस्तरीय र दिगो विद्युत् सेवा पुगेको प्रदेश बन्ने दिन धेरै टाढा नभएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसका लागि कर्णाली प्रदेश विद्युतीकरण आयोजनालाई दुई चरणमा अघि बढाउने योजना रहेको जानकारी दिए ।

2