Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

लगानीमा ध्यान दिनुपर्ने विषय

लगानीमा ध्यान दिनुपर्ने विषय
अ+ अ-

काठमाडौँ – वित्तीय जागरण वा चेतनाको एक आधारभूत उद्देश्य व्यक्ति व्यक्तिको आम्दानी अभिवृद्धि गरी उनीहरूको जीवनस्तर माथि उठाउनु, न्यून आयवर्गको आम्दानी बढाई गरिबीबाट मुक्त गराउनु तथा राम्रो आय हुनेहरूको आयलाई दिगो बनाउनु हो ।

त्यसो त समाजका जुनसुकै आयवर्ग र क्षेत्रका लागि पनि वित्तीय साक्षरता आवश्यक छ । सूचना प्रविधिका क्षेत्रमा आएको क्रान्तिसँगै वित्तीय साक्षरताका तह पनि फरक फरक हुँदै गएका छन् । सूचना प्रविधिको विकासका कारण आएको वित्तीय जोखिम न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्न केन्द्रीय बैङ्कका कर्मचारीले पनि सोबारेमा जानकारी नलिई हुँदैन ।

आम्दानी बढाउने वा हासिल गर्ने उद्देश्यले वित्तीय स्रोत लगानी गरी कुनै पनि किसिमको सम्पत्ति जोडिन्छ भने त्यसलाई लगानी गरेको भनी बुझ्न सकिन्छ । उदाहरणका लागि कृषि उद्यमीले सामान ढुवानी गर्न गाडी खरिद गर्‍यो भने सो खर्च उसले गरेको लगानी हो । यसबाट उसको आम्दानी वृद्धि हुन्छ । यसैगरी गाईपालन गर्न गाई खरिद, टमाटर खेती गर्दाको लगानी, वैदेशिक रोजगारीबाट भएको आम्दानीबाट बचतपत्र खरिद गरियो भने त्यो बचतपत्र उसका लागि लगानी भयो ।

बचतपत्रबाट निश्चित समयमा प्राप्त हुने ब्याज उसका लागि प्रतिफल भयो । यसै गरी कसैले कुनै कम्पनीको सेयर किन्छ भने त्यो सेयर स्वामित्व उसको लगानी हुन्छ । यसबाट उसले प्रतिफलका रूपमा कम्पनीको नाफाको आधारमा लाभांश प्राप्त गर्न सक्छ । यसरी आम्दानी वा प्रतिफलका लागि सम्पत्ति सिर्जना गर्न गरिने खर्च नै लगानी हो ।

आय अभिवृद्धिका लागि लगानी र सोको प्रतिफलको कुरा गर्दा व्यवसायमा उत्पन्न हुन सक्ने जोखिमबारे बुझ्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जोखिम शब्दले अपेक्षित परिणामबाट हुन सक्ने विचलन वा अनिश्चितलाई बुझाउँछ । अर्थात् अपेक्षित आम्दानी हुन नसक्ने अवस्था नै जोखिम हो । कुनै पनि लगानी गर्दा प्रतिफल वा त्यसबाट हुने आम्दानीको अपेक्षा वा आकलन मात्र गर्न सकिन्छ, निश्चित रूपमा यति नै हुन्छ भनेर भन्न सकिँदैन । यसरी अपेक्षित परिणाम प्राप्त नहुने सम्भावना नै जोखिम हो । जुनसुकै लगानीमा कुनै न कुनै जोखिम हुन्छ । यस प्रकारका जोखिमलाई न्यूनीकरण गर्न बिमा गर्नु पर्दछ ।

लगानीले वित्तीय स्रोत परिचालन गर्दछ । निष्क्रिय रूपमा रहेको रकमबाट कुनै प्रतिफल प्राप्त हुँदैन । पैसा आफैँ बढ्ने होइन । यसका लागि लगानी गर्नु पर्दछ । यति मात्र होइन मुद्रास्फीति वा मूल्यवृद्धिले गर्दा बीस वर्षपहिले सय रुपियाँले खरिद गर्न सकिने सामान अहिले सो मूल्यमा आउँदैन । लगानीको प्रतिफलले पैसाको घट्दो मूल्यबाट हुने घाटा पूर्ति गर्ने मात्र नभई थप आयआर्जन गर्न सघाउ पुग्दछ ।

तर सोचविचार वा पूर्ण जानकारी हासिल नगरी, भविष्यको आम्दानी वा घाटाका सम्भावनाबारे नबुझी लहैलहैमा गरिएका लगानीले प्रतिफल नदिने मात्र होइन लगानी गरेको मूलधन नै डुब्न सक्छ । बजारमा धेरै किसिमका लगानीका विकल्प उपलब्ध हुन्छन् । तीमध्ये आफ्नो वित्तीय लक्ष्य, खर्चका प्राथमिकता, लगानीका विभिन्न विकल्प सम्बन्धित ज्ञान, जोखिम वहन गर्न सक्ने क्षमता, अपेक्षित प्रतिफल आदिका आधारमा उपयुक्त विकल्प छनोट गर्नु पर्दछ । बैङ्क, वित्तीय संस्था, मुद्दती निक्षेप, ऋणपत्र, बचतपत्र, सेयर, म्युचुअल फन्ड, रियल स्टेट (घरजग्गा), व्यापार व्यवसाय, स्वरोजगार उद्यम आदि सबै लगानी गर्ने क्षेत्र हुन् ।

लगानी गर्ने भनेको आय अभिवृद्धि वा प्रतिफलका लागि हो जसका लागि आफू नै सबै कुरामा विज्ञ हुन सकिँदैन । यसका लागि सल्लाहकार राख्न सकिन्छ । लगानी गर्दैगर्दा व्यावसायिक सफलतासँग आफ्नो लक्ष्य तुलनात्मक विश्लेषण गर्नु पर्छ । जस्तैः आफूले गरेको लगानी, अपेक्षित उपलब्धि, आजको दिनमा भएको लगानीको मूल्याङ्कन, लगानीबाट हालसम्म प्राप्त प्रतिफल, आफूबाट भएको अन्य लगानी र गर्दै गरेको लगानीको प्रतिफल तुलना गरेर जाँच गर्नु पर्छ । यसो गरिएमा व्यावसायिक गति ठीक दिसामा गइरहेको नभएको ज्ञात हुन गई सोको दिसा परिवर्तनसमेत गर्न सकिन्छ जसबाट व्यवसायमा गरिने लगानी सुरक्षित हुन गई आय तथा प्रतिफल सुनिश्चित हुने गर्दछ ।

 

लगानीको निर्णय गर्दा देहायका विषयमा प्रस्ट हुनु पर्दछ :

१. लगानीको उद्देश्य र वित्तको यथार्थ अवस्थाबीच तालमेल हुनु आवश्यक छ ।

२. लगानी गर्न आवश्यक रकम र भावी दायित्व वा खर्चबीच सन्तुलन हुनु पर्दछ ।

३. लगानीबाट कुनै प्रतिफल प्राप्त नभएमा वा लगानी डुबेमा जोखिम वहन गर्न सक्ने क्षमताबारे विवेचना गर्नु पर्दछ ।

४. लगानीबाट अपेक्षित प्रतिफल र सो प्राप्त हुन लाग्ने समय अन्तरालबारे विश्लेषण गर्नु पर्दछ ।

५. लगानी गरेको सम्पूर्ण रकम फिर्ता हुन लाग्ने अवधिबारे जानकारी लिनु पर्छ ।

६. लगानीको क्षेत्रमा विद्यमान नियम र करसम्बन्धी व्यवस्थाबारे ज्ञान हुनु पर्दछ ।

७. लगानी विविधीकरण गरेर मात्र लगानी गर्ने अर्थात् आफूसँग भएको सबै रकम एकै उपकरण वा विकल्पमा लगानी नगरी विविधीकरण गर्नु पर्दछ । जसबाट जोखिम न्यूनीकरण गर्न मद्दत पुग्दछ ।

८. लगानी गर्न लागिएको क्षेत्र सम्बन्धमा विस्तृत ज्ञान लिनु पर्दछ ।

९. लगानी गरेपछि राम्रोसँग समय लगाउने र ध्यान दिनु पर्दछ ।

१०. लगानीको प्रतिफल लगानी गुणस्तरमा भर पर्ने भएकाले सोको गुणस्तर जोगाइराख्नु पर्दछ ।

११. लगानी गर्ने क्षेत्र अनुसार उपयुक्त ठाउँ, हावापानी तथा अन्य अनुकूलता मिलाएर रोज्नु पर्दछ ।

१२. व्यावसायिक सफलताका लागि बीचबीचमा व्यावसायिक समीक्षा गर्नु पर्दछ ।

१३. व्यवसायसम्बन्धी कागजात तथा अन्य अभिलेख व्यवस्थित हुनु पर्दछ ।

2