Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चाइना मिडिया ग्रुपको फाइनान्स च्यानलद्वारा नयाँ कार्यक्रम सार्वजनिक

अ+ अ-

बेइजिङ। चाइना मिडिया ग्रुप (सीएमजी) को फाइनान्स च्यानलले नयाँ कार्यक्रम तथा उत्पादन सार्वजनिक गरेको छ। च्यानलले अगस्ट १९ मा बेइजिङमा आयोजना गरेको विशेष कार्यक्रममा करिब ८० वटा नयाँ तथा उच्च गुणस्तरीय कार्यक्रम र सामग्री प्रस्तुत गरेको हो।

प्रस्तुत सामग्रीले चीनको आर्थिक विकासमा देखापरेका नयाँ चालक, औद्योगिक रूपान्तरण र आर्थिक संरचनामा भइरहेको परिवर्तनलाई उजागर गर्दै चिनियाँ अर्थतन्त्रको विकास सम्भावनालाई प्रस्तुत गरेका छन्।

कार्यक्रममा सीएमजीका उपाध्यक्ष छी ची चु छ्वाआनले १५औँ पञ्चवर्षीय योजनाको पहिलो वर्ष सीएमजीका लागि मुख्य सञ्चारमाध्यमको प्रणालीगत सुधारलाई थप गहिरो बनाउने महत्वपूर्ण चरण रहेको बताए।

उनले सीएमजीले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको आर्थिक विचारको अध्ययन तथा कार्यान्वयनलाई प्राथमिकता दिँदै राष्ट्रिय आर्थिक कार्यमा प्रभावकारी सञ्चार सेवा प्रदान गरिरहेको बताए।

सीएमजीका अनुसार फाइनान्स च्यानलले चीनको राष्ट्रिय टेलिभिजन वित्तीय कार्यक्रमको बजारमा करिब ९० प्रतिशत हिस्सा ओगटेको छ। साथै, सीएमजीको वित्तीय नयाँमिडिया प्लेटफर्मको प्रतिस्पर्धात्मकता पनि उल्लेख्य रूपमा बढेको जनाइएको छ।

च्यानलले दोस्रो अर्धवार्षिक अवधिका प्रमुख आर्थिक मुद्दामा केन्द्रित हुँदै वित्तीय सामग्री उत्पादनमा आफ्नो विशेषज्ञता र प्रभाव थप विस्तार गर्ने जनाएको छ। साथै, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नयाँ प्रविधिको प्रयोग बढाउँदै नवीन सञ्चार क्षमता विकास गर्ने योजना अघि सारेको छ।

सीएमजीले ‘मिडिया प्लस’ सेवाको विस्तारमार्फत सञ्चार, सूचना र व्यावसायिक मूल्य सिर्जनाबीचको सम्बन्धलाई थप बलियो बनाउने जनाएको छ। नयाँ कार्यक्रममार्फत चीनको आर्थिक विकासका उपलब्धि र सम्भावनालाई प्रस्तुत गर्दै १५औँ पञ्चवर्षीय योजनाको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

2