Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

एनडीटीभी वर्ल्डले काठमाडौंमा भारत-नेपाल संवाद आयोजना गर्दै

एनडीटीभी वर्ल्डले काठमाडौंमा भारत-नेपाल संवाद आयोजना गर्दै
A A+ A-

काठमाडौँ। भारतीय सञ्चार संस्था एनडीटीभी वर्ल्डले आगामी अगस्ट २७ मा काठमाडौंमा भारत र नेपालका प्रमुख राजनीतिक, आर्थिक, कूटनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वलाई सहभागी गराउँदै भारत–नेपाल संवाद आयोजना गर्ने भएको छ।

‘एनडीटीभी अन्विक्षा : आइडियाज एक्रस बोर्डर्स’ नामक नयाँ अन्तर्राष्ट्रिय संवाद शृंखलाको पहिलो कार्यक्रमका रूपमा आयोजना हुने संवादमा नेपालको बदलिँदो राजनीतिक, आर्थिक तथा सामाजिक अवस्था, भारतसँगको सम्बन्ध र क्षेत्रीय भूमिकाबारे छलफल हुनेछ।

कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका सभापति गगन थापा र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय समितिकी सभापति सुम्निमा उदास सहभागी हुनेछन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि संवादमा सहभागी हुनेछन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, भारतीय कांग्रेसका नेता तथा पूर्वकूटनीतिज्ञ डा. शशी थरुर, लेखक तथा इन्डिया फाउन्डेसनका अध्यक्ष डा. राम माधव, भारतीय जनता पार्टीका राष्ट्रिय कार्यकारिणी सदस्य डा. विनय सहस्रबुद्धे र भाजपाका विदेश मामिला प्रमुख डा. विजय चौथाइवाले सहभागी हुनेछन्।

व्यवसाय क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव टायल सहभागी हुनेछन्।

कार्यक्रममा अभिनेत्री मनिषा कोइराला, अभिनेता तथा टेलिभिजन प्रस्तोता राजेश हमाल र पूर्वक्रिकेटर तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले संस्कृति तथा खेलकुद क्षेत्रको प्रतिनिधित्व गर्नेछन्।

अर्थतन्त्र, प्रविधि र व्यापारदेखि क्षेत्रीय सहकार्यमाथि छलफल

संवादमा भारत–नेपाल सम्बन्धमा मात्र केन्द्रित नभई नेपालको आर्थिक महत्वाकांक्षा, उद्यमशीलता, लोकतान्त्रिक विकास र युवा पुस्ताका आकांक्षाबारे छलफल हुने आयोजकले जनाएको छ।

प्रविधि, पर्यटन, पूर्वाधार, दिगोपन, व्यापार तथा क्षेत्रीय सहकार्यसँगै दक्षिण एसिया र एसियामा भइरहेको राजनीतिक तथा आर्थिक परिवर्तनमा नेपालको सम्भावित भूमिकाबारे समेत छलफल हुनेछ।

एनडीटीभी वर्ल्डका अनुसार ‘अन्विक्षा’ शृंखलाको उद्देश्य कुनै देशलाई छिमेकी वा रणनीतिक सम्बन्धको दृष्टिकोणबाट मात्र नभई त्यही देशका प्राथमिकता, चुनौती र भविष्यका आकांक्षाका आधारमा बुझ्नु हो।

‘अन्विक्षा’ नाम प्राचीन भारतीय अवधारणा ‘अन्वीक्षिकी’ बाट लिइएको हो, जसले तर्क, चिन्तन र परीक्षणमार्फत विषयलाई बुझ्ने अर्थ दिन्छ। काठमाडौंमा हुने संवाद यस अन्तर्राष्ट्रिय शृंखलाको पहिलो संस्करण हुनेछ।

एनडीटीभीका प्रमुख कार्यकारी अधिकृत तथा प्रधानसम्पादक राहुल कँवलले देशहरूबीच अर्थपूर्ण संवादका लागि पूर्वधारणाभन्दा बाहिर निस्केर राष्ट्रहरूले आफूलाई कसरी हेर्छन् भन्ने बुझ्न आवश्यक रहेको बताएका छन्। उनले नेपालबाट संवाद शृंखला सुरु गर्नु स्वाभाविक र महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

2