Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

लघु निर्जीवन बिमाको व्यापार तीन गुणाले बढ्यो

लघु निर्जीवन बिमाको व्यापार तीन गुणाले बढ्यो
अ+ अ-

काठमाडौँ- अहिले मुलुकमा सञ्चालनमा रहेका चार वटा निर्जीवन बिमा कम्पनीको जारी बिमालेख र बिमा शुल्क सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा झन्डै तीन गुणाले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म चार वटा निर्जीवन लघु बिमाले ७६ करोड ६९ लाख ५२ हजार रुपियाँ सङ्कलन गरेका छन् जुन अघिल्लो वर्षको वैशाखसम्म १९ करोड ३९ लाख रुपियाँ मात्रै थियो । चार वटा लघु बिमा कम्पनीले वैशाखसम्म तीन लाख आठ हजार ३७६ वटा बिमालेख जारी गरेका छन् । गत वर्ष त्यस्ता बिमालेख ८५ हजार ५४५ वटा मात्रै थिए । निर्जीवन लघु बिमा कम्पनीमा बिमा शुल्क सङ्कलन र जारी बिमालेख दुवैमा ट्रस्ट माइक्रो इन्स्योरेन्सको वृद्धिदर सबैभन्दा बढी देखिएको छ । गत वर्ष पाँच हजार ५९१ वटा बिमालेख जारी गरेको ट्रस्टले चालु आवको वैशाखसम्म ६१ हजार ७७९ वटा पुर्‍याएको छ । त्यस्तै बिमा शुल्क सङ्कलन एक करोड ३० लाख रुपियाँ रहेकामा चालु आवको वैशाखसम्म १७ करोड छ लाख रुपियाँ पुर्‍याएको छ ।

यस्तै वैशाखसम्म जारी बिमालेख सङ्ख्याका आधारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि देखिएको छ । माइक्रोले ८५ हजार १२१ वटा बिमालेख जारी गरी २१ करोड ५२ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ । नेपाल माइक्रोलाई पछ्याउँदै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ७८ हजार ४५४ वटा बिमालेख जारी गरी १९ करोड ७९ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ ।

त्यसै गरी स्टार माइक्रो इन्स्योरेन्सले ८३ हजार २२ बिमालेख जारी गर्दै १८ करोड ३० लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ ।

गत वैशाखको तथ्याङ्कलाई आधारमान्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सर्वाधिक नौ हजार २९७ बिमालेख जारी गर्दै दुई करोड २२ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ ।

यस्तै स्टार माइक्रो इन्स्योरेन्सले आठ हजार ६५७ बिमालेख जारी गर्दै एक करोड ९७ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ । नेपाल माइक्रो इन्स्योरेन्सले सात हजार ७७० बिमालेख जारी गर्दै दुई करोड १६ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ भने ट्रस्ट माइक्रो इन्स्योरेन्सले पाँच हजार ५५४ बिमालेख जारी गर्दै एक करोड ६५ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ ।

२०७९ मा नेपाल बिमा प्राधिकरणले नयाँ लघुबिमा कम्पनीलाई अनुमतिपत्र दिने घोषणा गरेको थियो । नेपालको ग्रामीण क्षेत्रमा बिमा सञ्जाल विस्तार गर्ने उद्देश्यसाथ यो योजना ल्याइएको थियो । लघुबिमा कम्पनी जीवन र निर्जीवन बिमा कम्पनीमा विभाजित छन् ।

2