Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेप्से ७.१७ अङ्कले बढ्यो, ४ अर्ब ४० करोडको कारोबार

अ+ अ-

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ७.१७ अङ्कले बढेर २,६२९.४० विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८८ अङ्कले बढेर ४६२.८९ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक ०.४२ अङ्कले बढेर १८०.३८ तथा सेन्सेटिभ फ्लोट परिसूचक ०.५५ अङ्कले बढेर १५६.३१ विन्दुमा पुगेको छ।

आज विभिन्न कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम रु. ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ पुगेको छ।

कारोबार भएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक बढेको छ भने ७ उपसमूहको सूचक घटेको छ। आज १३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र एनआईसी एसिया सेलेक्ट फण्ड का लगानीकर्ताले बढी कमाएका छन्। यस्तै, कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड र खानीखोला हाइड्रोपावर कम्पनी का लगानीकर्ताले बढी गुमाएका छन्।

2