Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भारतमा चिनीको लागि कच्चा पदार्थ आयात गर्न स्वीकृति

अ+ अ-

काठमाडाैँ । भारतले बिहीबार चिनीको कच्चा पदार्थका लागि १० लाख मेट्रिक टनसम्म भन्साररहित दरमा आयात गर्न स्वीकृत गरेको छ । चाडबाडको मौसम नजिकिँदै गर्दा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न यो कदम चालिएको हो।

सङ्घीय वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो आयात ‘ट्यारिफ रेट कोटा’ अन्तर्गत १० लाख मेट्रिक टनसम्म ‘भन्साररहित’ हुनेछ र यो सुविधा अक्टोबर ३१ सम्म उपलब्ध रहनेछ।

स्थानीय कच्चा चिनीको आपूर्तिमा चिन्ता बढेपछि आयात कर घटाउन यो निर्णय लिइएको हो । एल निनो मौसमी प्रभावका कारण यस वर्षको मनसुन औसतभन्दा कमजोर हुन सक्ने अनुमान छ, जसले उत्पादनमा असर पार्न सक्छ।

एल निनो प्रशान्त महासागरको मध्य र पूर्वी भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको तापक्रम बढाउने प्राकृतिक जलवायु परिवर्तन हो। यसले विश्वभर हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ।

मानवसिर्जित जलवायु परिवर्तनको असरले यसको प्रभावलाई अझ तीव्र बनाउन सक्छ किनकि तातो समुद्र र वायुमण्डलले चरम मौसमी घटनाहरूका लागि बढी ऊर्जा र आद्र्रता उपलब्ध गराउँछन्।

चिनीको उत्पादन घट्न सक्ने चिन्ताका कारण मूल्य रेकर्ड उचाइमा पुगेको स्थानीय सञ्चारमाध्यममा समाचार आइरहेका समय यसलाई सम्बोधन गर्न सरकारले योृ कदम चालेको मन्त्रालयले बताएको छ।

विश्वका ठूला चिनी उत्पादक मुलुकमध्ये एक भारतमा सेप्टेम्बरदेखि जनवरीसम्म चिनीको खपत बढ्ने गर्छ। चाडपर्वको समयमा मिठाई र मिठासजन्य वस्तुको माग बढ्ने भएकाले यस्तो हुन्छ।

आन्तरिक आपूर्ति बढाउन भारतले गत मे महिनामा चिनीको निर्यातमाथि प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्ध सेप्टेम्बर ३० सम्म कायम रहनेछ।

2