Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

लमजुङमा दुध उत्पादन बढ्यो, दैनिक २५ सय लिटर निर्यात

लमजुङमा दुध उत्पादन बढ्यो, दैनिक २५ सय लिटर निर्यात
अ+ अ-

लमजुङ- लमजुङमा गत वर्षको तुलानामा यस वर्ष व्यवसायिक दुध उत्पादनमा वृद्धि भएको छ । दुध उत्पादनमा वृद्धि भएसँगै जिल्ला बाहिर निर्यात समेत बढेको भेटेरिनरी अस्पताल तथा पशु सवा विज्ञ केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षको सुरुका महिनामा दैनिक बाह्र सय लिटर दुध निर्यात हुँदै आएकोमा आर्थिक वर्षको अन्त्यसम्म आउँदा दुई हजार पाँच सय लिटरसम्म दुध निर्यात हुने गरेको कार्यालय प्रमुख डा. सुनिल न्यौपानेले जानकारी दिनुभयो । विशेषगरी जिल्लाको राईनास नगरपालिका अन्तर्गतका क्षेत्रमा व्यवसायिक रुपमा दुध उत्पादनमा वृद्धि भएको डा. न्यौपानेले बताउनुभयो ।

अघिल्ला आर्थिक वर्षदेखि नै लमजुङ जिल्ला दुग्ध उत्पादनमा आत्मनिर्भर देखिदै आएको छ । गत वर्ष जिल्लामा वार्षिक १६ हजार मेट्रिक टन बढी दुध उत्पादन भएको थियो । उत्पादित दुध आन्तरिक खपत, बाहिरी जिल्लामा निर्यात हुने गरेको छ । जिल्लामा प्याकेजिङ दुध आयातको तुलनामा निर्यात बढी हुने गरेको कार्यालय प्रमुख डा. न्यौपानेले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार जिल्लामा उत्पादित दुध मध्ये धेरैजसो स्थानीय उपभोक्ता माझ बिक्री हुने गरको छ । यस बाहेक घुम्ती गोठहरुमा उत्पादित दुध घिउ उत्पादन गरि बिक्री हुने गरेको छ । जिल्लामा दुध प्रशोधन तथा प्याकेजिङका उद्योग नहुँदा यहाँ खपत हुन नसकेको दुध बाहिरी जिल्लामा निर्यात हुने गरेको हो ।

जिल्लामा ८० प्रतिशत भैँसी र बाँकी २० प्रतिशत गाईको दुध उत्पादन हुने गरेको छ । स्थानीय उपभोक्ताले भैँसीको दुध बढी प्रयोग गर्ने गरेका छन् भने गाईको दुध बाहिरी जिल्लामा निर्यात हुने गरेको छ।

यसैबिच विश्व दुध दिवसको अवसरमा बेसीसहरमा पशु स्वास्थ्य शिविर तथा अन्तरक्रिया गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले बेसीसहर नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको सम्वन्यमा बेसीशहर–६ सारिङमा पशु स्वास्थ्य शिविर तथा दुग्ध उत्पादक कृषकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

पशु स्वास्थ्य शिविरमा ५१ जना किसानहरुको १ सय १५ गाई र भैँसीको स्वास्थ्य परीक्षण तथा दुध उत्पादन वृद्धिका लागि क्याल्सीयम वितरण गरिएको बेसीसहर नगरपालिकाका पशु चिकित्सक जयन्त महतले जानकारी दिनुभयो ।

2