Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

पाल्पामा चाडपर्वअघि बजार अनुगमन तीव्र

पाल्पामा चाडपर्वअघि बजार अनुगमन तीव्र
A A+ A-

पाल्पा। चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय पाल्पाले बजार अनुगमन तीव्र बनाएको छ। प्रशासनले कालोबजारी, कृत्रिम अभाव, बढी मूल्य असुली र उपभोक्ता ठगी गरेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ।

चाडपर्वका बेला वस्तु तथा सेवाको माग र कारोबार बढ्ने भएकाले बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्न प्रशासनले व्यवसायी तथा उपभोक्तालाई सचेत गराएको हो।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ता हितविपरीतका गतिविधि नियन्त्रण गर्न प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको बताउँदै कालोबजारी, कृत्रिम अभाव वा बढी मूल्य असुलीजस्ता गतिविधि भेटिए कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएका छन्।

प्रशासनले जिल्लाका उत्पादक, ढुवानीकर्ता, भण्डारणकर्ता, विक्रेता तथा सेवा प्रदायकलाई प्रचलित कानुनअनुसार उपभोक्ता अधिकारको संरक्षण गर्न आग्रह गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५, नियमावली, २०७६ तथा बजार अनुगमन निर्देशिका, २०७९ का प्रावधान पूर्ण रूपमा पालना गर्नसमेत निर्देशन दिएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) विपरीत हुने अनुचित व्यापारिक गतिविधि नगर्न प्रशासनले व्यवसायीलाई चेतावनी दिएको छ। अनुगमनका क्रममा त्यस्ता गतिविधि भेटिए वा उजुरी प्राप्त भए प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रशासनले उपभोक्तालाई सामान खरिद गर्दा मूल्य, गुणस्तर, तौल, मापदण्ड र उपभोग्य मिति जाँच गर्न आग्रह गरेको छ। बजारमा कृत्रिम अभाव सिर्जना हुने गरी आवश्यकताभन्दा बढी सामान सञ्चय नगर्न व्यवसायी तथा उपभोक्तालाई समेत अनुरोध गरिएको छ।

बजारमा कालोबजारी, मूल्यवृद्धि, गुणस्तरहीन वस्तुको बिक्री वा अन्य उपभोक्ता हितविपरीत गतिविधि देखिए तत्काल स्थानीय प्रशासनलाई जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।

2