Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भारतले घटायो कच्चा खानेतेलको आयात शुल्क

भारतले घटायो कच्चा खानेतेलको आयात शुल्क
अ+ अ-

काठमाडौँ-  नेपालको निर्यातलाई ऐतिहासिक उचाइमा पुर्‍याएका भटमास, सूर्यमुखी र पाम तेलको कच्चा पदार्थमा भारतले आयात शुल्क घटाएको छ । शुक्रबार सूचना जारी गरेर कच्चा खानेतेलको आधारभूत आयात शुल्क १० प्रतिशतले घटाएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि यस्तो शुल्क २० प्रतिशत कायम थियो ।

घटेको भन्सार महसुल कच्चा पाम तेल, कच्चा भटमास तेल र कच्चा सूर्यमुखी तेलमा लागु हुने जनाइएको छ । यससँगै यी वस्तुको कुल भन्सार महसुल १६.५ प्रतिशत पुगेको छ जुन त्यसअघि २७.५ प्रतिशत थियो । कुल भन्सार महसुलमा आयात शुल्कसहित भारतको कृषि पूर्वाधार शुल्क र सामाजिक सुरक्षासँग सम्बन्धित थप शुल्कसमेत जोडिन्छ ।

कच्चा तेलमा आयात शुल्क घटाए पनि प्रशोधित तेलमा भने भारत सरकारले कुनै परिवर्तन नगरेको रोएटर्सले उल्लेख छ । अहिले भारतले प्रशोधित तेलमा ३५.७५ प्रतिशत आयात शुल्क लगाउँदै आएको छ । यससँगै कच्चा तेल र प्रशोधित तेलबिचको आयात शुल्कमा १९.२५ प्रतिशतको अन्तर हुने छ । स्वदेशी उद्योगलाई संरक्षण गर्न भन्दै यस्तो निर्णय लिएको उल्लेख गरिएको छ ।

भारत विश्वकै सबैभन्दा ठुलो वनस्पति तेलको बजार हो जसले कुल मागको ७० प्रतिशत आयातबाटै पूर्ति गर्छ । भारतले खास गरी इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट पाम तेल र अर्जेन्टिना, ब्राजिल, रुस र युक्रेनबाट भटमास र सूर्यमुखी तेल आयात गर्छ ।

कच्चा भटमास र सूर्यमुखी तेलमा भारतले यसअघि लगाएको आयात शुल्क बढी हुँदा नेपाली व्यवसायीले कच्चा तेल आयात गरेर त्यसलाई प्रशोधन गरेर भारतमा निर्यात गरिरहेका थिए । नेपालले साफ्टाले दिएको सुविधा अनुसार भारतमा शून्य भन्सारको उपयोग गर्दै यी वस्तुको निर्यात गरेको थियो ।

भन्सार विभागका अनुसार चालु आव २०८१/८२ को १० महिनामै नेपालले ८० अर्ब रुपियाँ बराबरको प्रशोधित भटमास र सूर्यमुखी तेल निर्यात गरेको छ । भारतले आयात शुल्क घटाएपछि भारतीय व्यवसायीले सम्बन्धित देशबाट सोझै कच्चा तेल आयात गर्ने भएकाले नेपालले अहिले लिइरहेको लाभ गुम्न सुक्ने सम्भावना रहेको व्यवसायीहरू बताउँछन् ।

2