Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्तिविरुद्धको रिटमा पूर्ण सुनुवाई गर्न सर्वोच्चको आदेश

बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्तिविरुद्धको रिटमा पूर्ण सुनुवाई गर्न सर्वोच्चको आदेश
अ+ अ-

काठमाडौं- नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा अब पूर्ण सुनुवाई हुने भएको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले पूर्ण सुनुवाईका निम्ति पेस गर्न सोमबार आदेश दिएको हो।

विपक्षीको जवाफ पेस भइसकेको र अन्तिम निर्णयका लागि अंग पुगिसकेकाले सर्वोच्चले रिट पूर्ण सुनुवाईका लागि पेस गर्न सर्वोच्चले आदेश दिएको हो।

सरकारले अनुभवको न्युनतम योग्याताविनै ओझालाई गत फागुन दोस्रो साता प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो। उनलाई अध्यक्ष नियुक्त गर्न उमेर सम्बन्धी मापदण्ड समेत हेरफेर गरिएको थियो।

संगठित संस्थामा काम गरेको अनुभव नभएका ओझाले फर्जी कागजात बुझाएर नियुक्ति लिएको भन्दै अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते रिट दायर गराएकी थिइन्। रिटमा सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीले चैत २० गते कारण देखाउ आदेश दिएका थिए।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीत नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्ति दिन लिइएका आधार सम्बन्धी कागजात झिकाउन जेठ ५ गते आदेश दिएको थियो।

2