Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
A A+ A-

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई भूकम्प प्रतिरोधी नयाँ घर बनाएर हस्तान्तरण गरेको छ ।

नगरपालिकाले प्रतिपरिवार ५ लाख रुपैयाँ लगानीमा दुई कोठाको एकतले घर निर्माण गरिदिएको हो।

लामो समयदेखि जीर्ण घरमा बस्दै आएका हलेसी तुवाचुङ–२ डिकुवाका देशवीर राई, वडा नं ६ मङ्गलटारका अपाङ्गता भएका दाजुबहिनी चामे र भया दमाई तथा घरविहीन अवस्थाका वडा नं १० अर्खौलेका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले नयाँ घर हस्तान्तरण गरेको छ । नयाँ घर पाएपछि उनीहरू हर्षित भएका छन् ।

अर्खौलेका टेकबहादुर सार्कीको परिवार १२ वर्षदेखि गाउँबाहिर विभिन्न स्थानमा बस्दै आएकामा अघिल्लो वर्ष गाउँ फर्किएर अरूकै घरमा आश्रय लिइरहेको थियो । त्यस्तै डिकुवाका देशवीर राई दम्पती पनि जीर्ण कटेरोमा जोखिमपूर्ण बसोबास गर्दै आएका थिए।

नगरपालिकाको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत ती घरहरू निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिइन् । “नगरभित्रका नागरिकको सुरक्षित आवास सुनिश्चित गर्न विपन्न परिवारलाई घर बनाएर दिएका हौँ,” नगर प्रमुख राईले भनिन्, “काठमाडौँ वा तराईका जिल्लाबाट घरटहरा भत्काइएपछि विस्थापित भई गाउँ फर्कन चाहने नगरवासीका लागि पनि जग्गा भएमा ५ लाख बराबरको घर बनाइदिने निर्णय गरेका छौँ ।”

नगरपालिकाको १३६ औँ कार्यपालिका बैठकले विपन्न परिवारलाई घर निर्माण गरिदिने निर्णय गरेको थियो ।

2