Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
अ+ अ-

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले सभा आउँदो असार १० गते नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे डाकेको हो।

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै, गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले यही जेठ २८ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, जेठ २७ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

2