Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

१५ वर्षमा पनि पूरा भएन भेरी–बबई आयोजना

१५ वर्षमा पनि पूरा भएन भेरी–बबई आयोजना
A A+ A-

सुर्खेत। चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना १५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।

सुरुमा करिब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत बढेर ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। हालसम्म आयोजनामा १९ अर्ब ४४ करोड रुपैयाँ खर्च भइसकेको छ। आयोजनाको समग्र भौतिक प्रगति ६७ दशमलव ४ प्रतिशत पुगे पनि मुख्य सिभिल संरचनाको काम ४६ प्रतिशतमा सीमित छ।

भेरी नदीको पानी १२ दशमलव २ किलोमिटर लामो सुरुङमार्फत बर्दियाको बबई खोलामा खसालेर ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियाका ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ।

आयोजनाको सुरुङ निर्माण भने निर्धारित समयभन्दा अघि नै सम्पन्न भएको थियो। नेपालमा पहिलोपटक सुरुङ खन्ने मेसिन प्रयोग गरी १२ दशमलव २ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको हो।

तर दोस्रो चरणअन्तर्गतको सिभिल संरचना निर्माणमा भएको ढिलाइले आयोजना प्रभावित बनेको छ। भेरी नदीमा ११४ मिटर लामो बाँध, हेडवर्क्स र विद्युत् गृह निर्माणको जिम्मा ग्वाङडोङ युआनियन–रमण जेभीले पाएको छ।

सिभिल संरचना तयार नहुँदा जलविद्युत् आयोजनाका लागि ल्याइएका गेट, पाइप, टर्बाइन र जेनेरेटरलगायतका उपकरण जडान हुन सकेका छैनन्। प्रसारण लाइन निर्माणको प्रक्रिया पनि वातावरणीय प्रभाव मूल्यांकनकै चरणमा छ।

गत आर्थिक वर्षमा आयोजनाका लागि विनियोजित १ अर्ब ७० करोड रुपैयाँमध्ये ७० प्रतिशत मात्र खर्च भएको थियो। चालु आर्थिक वर्षमा करिब साढे २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।

आयोजनाको ठेक्काको दोस्रोपटक थपिएको म्याद आगामी मंसिर ११ गते सकिँदैछ। उक्त अवधिसम्म ठेकेदारले सन्तोषजनक प्रगति गर्न नसके ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्ने अधिकारीहरूले बताएका छन्।

आयोजना निर्देशक हरिदत्त पौडेलका अनुसार अबको तीन वर्षभित्र आयोजना सम्पन्न गर्नुको विकल्प छैन। सरकारले पनि राष्ट्रिय गौरवको आयोजनालाई तीन वर्षभित्र पूरा गर्ने लक्ष्यसहित काम अघि बढाउन निर्देशन दिएको छ। अब मंसिरसम्म ठेकेदारको प्रगति र त्यसपछि सरकारले लिने निर्णयले आयोजनाको आगामी दिशा तय गर्ने देखिएको छ।

2