Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित
A A+ A-

कञ्चनपुर। आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा कञ्चनपुरका किसान र फस्ट च्वाइस फुड्स लिमिटेडबीच यहाँका किसानले ८० बिघा जमिनमा उत्पादन गरेको आलु खरिद गर्ने सम्झौता भएपछि किसान खुसी भएका हुन् ।

आलु उत्पादनमा आबद्ध किसानले बजारको समस्या नहुने भएपछि किसान आलुखेतीको थप विस्तारमा लाग्ने भएका छन् । दुई बिघा जमिनमा आलुखेती गर्दै आएका कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरका कलुवा कामी यस वर्ष खेती विस्तार गरेर पाँच बिघा पुर्याउने तयारीमा छन् ।

उत्पादन गरिएको आलुको बजार सुनिश्चित भएपछि खेती बढाउन लागेको उनले बताए । “विगतका वर्षमा बजारमा न्यून मूल्यमा बिक्री गर्नुपर्ने र भण्डारणका लागि शीतभण्डारसमेत नहुँदा समस्या हुने गरेको थियो । कामीले भने, “अहिले ज्ञान केन्द्रको समन्वयमा उद्योगसँग सम्झौता भएपछि बजारको समस्या रहेन यसपटक पाँच बिघा जमिनमा खेती गर्ने तयारीमा छु ।”

उनले विगतमा दुई बिघा जमिनमा आलुखेती गर्दै आएको बताए । “यसपटक हामीले उत्पादन गरेको आलुखेतबाटै उठाउने सम्झौता भएको छ ।” उनले भने, “बजारको सुनिश्चितता भएपछि खेती विस्तारको योजना छ ।” त्यसैगरी शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका टीकाराम डगौरासमेत यस वर्ष आलुखेती बढाउने तयारीमा लागेको छ । गतवर्ष १२२ जनाको समूहमा १० बिघा जमिनमा आलुखेती गर्दै आएका उनी यस वर्ष २० बिघाभन्दा बढी जग्गामा खेती गर्ने तयारीमा छन् ।

“विगतमा आलु भण्डारण गर्न समस्या थियो बजारमा न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो ।” डगौराले भने, “आलु चिप्स कम्पनीसँग किसानको बारीमै पुगेर आलु खरिद गर्ने सम्झौता भएपछि अब बजारको समस्या अन्त्य भएको छ ।”

उनका अनुसार बजारमा आलुको कम मूल्य भए पनि उक्त कम्पनीले किसानलाई बजार मूल्यभन्दा बढीमा खरिद गर्ने सम्झौता गरेको छ । उनले गत वर्ष थारु आलुले बजार नपाएको बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरुले उक्त सम्झौताअनुसार यहाँका किसानले उत्पादन गरेको आलु उद्योगले खरिद गर्ने जानकारी दिए ।

“यहाँ आलु उत्पादन बढी हुन्छ अब किसानले उत्पादन गरेको आलु बिक्रीका लागि बजार खोज्नुपर्ने समस्या हुँदैन”, पनेरुले भने, “सम्झौताअनुसार उद्योगले किसानको बारीमै पुगेर आलु खरिद गर्नेछ यसले किसानको बजारको सुनिश्चितता गरेको छ ।” उक्त सम्झौताले उत्पादन भएको आलु बिक्रीका लागि किसानले बजार खोज्नुपर्ने अवस्थाको अन्त्य हुने र किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन मिल्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लामा एक हजार आठ सय हेक्टर जमिनमा आलुखेती हुँदै आएको छ । ज्ञान केन्द्रबाट प्रदान गरिने अनुदान र यसपटक किसानले उत्पादन गरेका आलुको बिक्री सुनिश्चितता भएपछि आलुखेती बढ्दै गएको ज्ञान केन्द्रले जनाएको छ ।

2