Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कर्णालीका नौ जिल्लामा फलफूल बगैँचा स्थापना हुने

कर्णालीका नौ जिल्लामा फलफूल बगैँचा स्थापना हुने
अ+ अ-

जुम्ला। कर्णालीका नौ जिल्लामा फलफूल बगैँचा स्थापना गरिने भएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, कार्यान्वयन एकाइ सुर्खेतले बगैँचा स्थापना गर्न लागेको हो ।

आर्थिक वर्ष २०८३/८४ का लागि जुम्लालगायत कर्णालीका नौ वटा जिल्लामा उक्त कार्यक्रम लागू गर्न लागिएको कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । आयोजना कार्यान्वयन एकाइ सुर्खेतले आज सार्वजनिक गरेको सूचनाअनुसार जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा फलफूल बगैँचा स्थापना कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

कार्यक्रमअन्तर्गत रुकुम–पश्चिमको बाफीकोट, मुसिकोट र सानीभेरी नगरपालिका, सल्यानका सिद्धकुमाख र शारदा नगरपालिका, जाजरकोटको छेडागाड र जुनिचाँदे, दैलेखको नारायण, आठबीस र चामुण्डा विन्द्रासैनी नगरपालिकामा फलफूल बगैँचा स्थापना कार्यक्रम सञ्चालन हुने पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, कार्यान्वयन एकाइ सुर्खेतका प्रादेशिक आयोजना व्यवस्थापक चित्रबहादुर रोकायाले जानकारी दिए ।

कालिकोट जिल्लाको नरहरिनाथ र शुभकालिका, मुगुको सोरु र खत्याड, हुम्लाको ताँजाकोट र अदानचुली तथा डोल्पाको मुड्केचुला गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ । रुकुम पश्चिम, सल्यान, जाजरकोट र दैलेखमा सुन्तलाजात फलफूल, ओखर तथा चुच्चे ओखरलगायत बालीलाई प्राथमिकता दिइनेछ । त्यस्तै कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा स्याउ, ओखर, कागजी बदाम र किवी लगायतका फलफूल बालीमा कार्यक्रम लागू गरिने आयोजना व्यवस्थापक रोकायाको भनाइ छ ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यक्रम सञ्चालन कार्यविधि २०८३ अनुसार बालीहरुको बगैँचा स्थापनामा अनुदानसमेत प्रदान गरिनेछ । आयोजनाले फलफूलखेतीको विस्तारमार्फत पहाडी तथा हिमाली क्षेत्रमा व्यावसायिक फलफूल उत्पादन बढाउने, कृषकको आयआर्जनमा वृद्धि गर्ने तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको कार्यान्वयन एकाइ सुर्खेतका प्रादेशिक आयोजना व्यवस्थापक रोकायाले बताए ।

2