Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेपाली संगीतकर्मीसँग सहकार्य गर्न जेसिका काठमाडौंमा

नेपाली संगीतकर्मीसँग सहकार्य गर्न जेसिका काठमाडौंमा
A A+ A-

काठमाडौं । चर्चित अमेरिकी गायिका तथा गीतकार जेसिका लिन एक साताका लागि काठमाडौं आएकी छन्। नेपाल बसाइका क्रममा उनले नेपाली संगीतकर्मी, कलाकार व्यवस्थापक, स्वतन्त्र संगीत कम्पनी, नीतिनिर्माता तथा सांस्कृतिक संस्थाका प्रतिनिधिसँग व्यावसायिक आदानप्रदान, मार्गदर्शन र सहकार्य गर्नेछिन्।

लिनले अन्तर्राष्ट्रिय संगीतका पछिल्ला प्रवृत्ति, विदेशमा सांगीतिक भ्रमणका अवसर र चुनौती, नेपाली कलाकारलाई विश्व बजारसम्म पुर्‍याउने रणनीति तथा अन्तर्राष्ट्रिय संगीत कम्पनी र श्रोताले नयाँ प्रतिभाबाट खोज्ने पक्षबारे अनुभव साझा गर्नेछिन्।

अमेरिकी संगीत उद्योगको व्यावसायिक संरचना, कलाकार, निर्माता तथा वितरकका आम्दानीका मोडल, अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक सञ्जाल निर्माण र कलाकारको करिअर विकासबारे पनि उनले नेपाली संगीतकर्मीसँग छलफल गर्ने कार्यक्रम छ।

उनले गीत लेखन, संगीत व्यवसाय, डिजिटल माध्यम, प्रतिलिपि अधिकार र समग्र संगीत उद्योगबारे अन्तरक्रियात्मक प्रशिक्षणसमेत सञ्चालन गर्नेछिन्।

नेपालको संगीत क्षेत्र विस्तार भइरहेका बेला अन्तर्राष्ट्रिय संगीत उद्योगका अनुभव र नेपाली सिर्जनशील समुदायबीचको यस्तो आदानप्रदानले नेपाली कलाकारलाई विश्वव्यापी बजार र श्रोतासम्म पुग्ने अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लिनले नेपाली कलाकारहरूसँगै प्रत्यक्ष सांगीतिक प्रस्तुति पनि दिनेछिन्। उनको प्रस्तुति शनिबार, अगस्ट २९, ललितपुरस्थित द प्लाजामा आयोजना हुँदैछ।

2