Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नयाँ उद्योगलाई सहज हुने कानुनी प्रबन्ध मिलाइनुपर्छः सांसद अग्रवाल

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुनमकुमारी अग्रवालले विशेष आर्थिक क्षेत्रबाट उद्योग बाहिरिने र नयाँ उद्योग स्थापना गरिँदा हुने आर्थिक तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उनले विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न ठूलो लगानी गर्नुपर्ने भएकाले कुनै कारणले उद्योग सफल नभएमा भू–वहाल सम्झौता अन्त्य गरी सहजरुपमा बाहिरिने सक्ने कानुनी वातावरण बनाइनुपर्ने आवश्यकता औँल्याइन् ।

अग्रवालले भनिन्, “सम्झौता अन्त्य भएसँगै त्यहाँका भौतिक संरचना व्यवस्थापन गर्ने सिलसिलामा महत्त्वपूर्ण मेसिन लगायतका औजार कवाडीको मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ भने अर्कातर्फ नयाँ उद्योग स्थापनामा लामो समय र ठूलो रकम खर्च हुने गरेको छ ।”

त्यस्तो परिस्थितिमा उद्योगका भौतिक संरचना नभत्काइ प्लट लिन इच्छुक नयाँ उद्योगलाई उपलब्ध गराउन सकिने कानुनी व्यवस्था मिलाउन उहाँले सरकारको ध्यानाकर्षण गराइन् ।

त्यसबाट विशेष आर्थिक क्षेत्र छाड्ने उद्योगले आफ्ना भौतिक संरचना कबाडका रूपमा बिक्री गर्नुपर्ने बाध्यता हट्ने र थप आर्थिक भारबाट जोगिन सक्ने उहाँको भनाइ छ ।

सांसद अग्रवालले नयाँ उद्योगलाई तयार संरचना उपलब्ध हुँदा संरचना निर्माणमा लाग्ने समय र अतिरिक्त खर्च बचत हुनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताइन् ।

2