Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

खाद्य निर्यातका ५०६ नमुना परीक्षण

खाद्य निर्यातका ५०६ नमुना परीक्षण
A A+ A-

काठमाडौं। नेपालबाट खाद्यवस्तुको निर्यात व्यवस्थित र गुणस्तरीय बनाउन खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले हालसम्म ५०६ वटा खाद्य नमुनाको गुणस्तर परीक्षण गरेको छ।

विभागका प्रवक्ता एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार निर्यात हुने खाद्यवस्तुको गुणस्तर सुनिश्चित गर्न परीक्षण गरिएका नमुनाका आधारमा ‘सर्टिफिकेट अफ एनालिसिस’ सम्बन्धी विवरण तयार गरिएको छ।

निर्यातका लागि परीक्षण गरिएका नमुनामा महिलाले सञ्चालन गरेका साना उद्योगका नेपाली मौलिक उत्पादनदेखि ठूलो परिमाणमा प्रशोधित खाद्यवस्तु उत्पादन गर्ने उद्योगका उत्पादनसमेत छन्। तर, विभागमा परीक्षण हुने नमुनाको संख्या ठूलो भए पनि वास्तविक निर्यात हुने खाद्यवस्तुको संख्या भने सीमित रहेको विभागले जनाएको छ।

नेपालबाट बढी निर्यात हुने खाद्यवस्तुमा चाउचाउ, सोयाबरी, चिया, कफी, अदुवा, अलैँची, छुर्पी, फलफूलका पेय, दालचिनी, मासुको सुकुटी, चिजबल्स, चिजस्टिक, आहारपूरक र चिउरा छन्।

त्यस्तै फर्सीका बियाँ, कन्फेक्सनरी, सुकाइएको माछा, मुसली, अचार, घिउ, दाल र फुरनदाना पनि विभिन्न मुलुकमा निर्यात हुने गरेको विभागले जनाएको छ।

यी नेपाली खाद्यवस्तु नेपालीको ठूलो बसोबास रहेका अमेरिका, जापान, भारत, जर्मनी, बङ्गलादेश, चीन, बेलायत, अस्ट्रेलिया, अस्ट्रिया, नेदरल्यान्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबियालगायत २५ देशमा निर्यात हुँदै आएका छन्।

नेपालको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाले जारी गर्ने परीक्षण प्रतिवेदनलाई भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले मान्यता दिएपछि निर्यातका लागि नमुना परीक्षण गराउने क्रम बढेको विभागले जनाएको छ।

भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले ४ अप्रिल २०२५ को आदेशमार्फत आठ प्रकारका निर्यातजन्य खाद्यवस्तुमा नेपाली प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई आधिकारिकता दिएको थियो।

निर्यात प्रक्रिया छिटो र व्यवस्थित बनाउन विभागले सम्बन्धित प्रणालीमार्फत नमुना विश्लेषणको व्यवस्था गरेको जनाएको छ। विभागले हालसम्म निर्यात प्रवर्धनका लागि १२६ वटा खाद्य सुरक्षा तथा गुणस्तर निर्यात/स्वास्थ्य प्रमाणपत्र जारी गरेको छ। त्यसमध्ये ११८ वटा मानव उपभोगका खाद्यवस्तु र आठ वटा दानासम्बन्धी प्रमाणपत्र छन्।

2