Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बिमा पोलिसीलाई ‘फिक्स्ड डिपोजिट’ भन्दै बेच्न रोक

अ+ अ-

काठमाडौं। नेपाल बिमा प्राधिकरणले जीवन तथा लघु जीवन बिमा कम्पनीलाई बिमा पोलिसी बिक्री गर्दा भ्रमपूर्ण प्रचार र गलत अभ्यास नगर्न निर्देशन दिएको छ।

प्राधिकरणले बिमा योजनालाई ‘फिक्स्ड डिपोजिट’, ‘ब्याज दिने योजना’, ‘डबल मनी’ वा ‘निश्चित प्रतिफल’का रूपमा प्रचार गरी बिक्री नगर्न स्पष्ट पारेको हो।

बिमा पोलिसीलाई निक्षेप वा लगानी योजनाका रूपमा प्रस्तुत गर्न तथा स्वीकृत लाभभन्दा बाहिर गई निश्चित बोनस, प्रतिफल वा रकमको आश्वासन दिनसमेत रोक लगाइएको छ।

अभिकर्ताले कम्पनीबाट स्वीकृत प्रचार सामग्रीबाहेक सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आफूखुसी प्रचार गर्न नपाउने प्राधिकरणले जनाएको छ। पोलिसी बिक्री गर्दा बिमितको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत र बिमा उद्देश्यअनुसार उपयुक्त योजना सिफारिस गर्नसमेत निर्देशन दिइएको छ।

प्राधिकरणले उल्लङ्घन गर्ने बिमक तथा अभिकर्तामाथि बिमा ऐन, २०७९ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। साथै, भ्रामक बिक्रीसम्बन्धी गुनासोको छुट्टै अभिलेख राखी त्रैमासिक विवरण प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

2