Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भाल्चेको भेडा फार्म : नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भाल्चेको भेडा फार्म : नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
अ+ अ-

नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्। यहाँको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमितरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन्।

नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको नश्ल सुधारको प्रमुखस्थल हो। सरकारको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहतको यो केन्द्र समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा छ।

यहाँ पुग्न काठमाडौंबाट १०१ किमीको दूरी पार गर्नुपर्छ।  स्रोत केन्द्रका नाममा ६६० रोपनी जमिन छ। बाँकी खर्क र पर्याप्त चरन क्षेत्र, यहाँ हाल तीन सय ५४ भेडा छन्। स्रोत केन्द्रका कार्यालय प्रमुख डा. श्यामकृष्ण तिवारीले भेडापालक किसान समूहलाई प्रजननका लागि मात्रै यहाँका भेडा बिक्री गरिने बताए।

हाल नुवाकोटका दुई तथा धादिङ र रसुवाका चार किसान समूहले यहाँबाट प्रजननका लागि भेडाका पाठापाठी किनेर लाने गरेका छन्। त्यसका लागि निश्चित विधि तोकिएको छ। किसान समूहको निवेदन र वडाको सिफारिसपछि स्रोत केन्द्रले राजस्व तिर्न लगाएर भेडा बेच्ने गर्छ। केन्द्रमा उत्पादन भएका भेडाका थुमा मागबमोजिम कृषकलाई बिक्री वितरण गरिन्छ।

यसका अतिरिक्त बहुवर्षीय घाँस (राईघाँस, सेटेरीया, किक्यु तथा पास्पालम) को बीउ बेर्ना उत्पादन तथा विक्री वितरण पनि गरिन्छ।  कार्यालय प्रमुख तिवारीले यहाँ सबै समूहका एक हजार भेडा रहेका छन्। केन्द्रले भेडापालन र बिक्रीका साथै किसानलाई ऊन काट्ने कैंची, भेडा पाल्ने त्रिपाल,  र्‍यानकोट जस्ता सामग्रीका साथै तालिम पनि प्रदान गर्दै आएको छ।

उनी भन्छन्, “हाम्रो कार्य विवरणमा भेडा धेरै आफै पाल्नेभन्दा पनि किसानलाई उत्पादन बढाउन प्रेरित गर्ने लक्ष्य रहेको छ। बरुवाल जातको भेडा संरक्षणका यो केन्द्र लागि खोलेको हो। हामीले न्यूनतम दुई सय भेडा राख्दा पुग्छ, तर कम्तीमा एक हजार भेडाका लागि चरन क्षेत्र पुग्ने भएकाले अब हामीले करिब पाँच सयसम्म भेडा पु¥याउने लक्ष्य लिएका छौं।”

आनुवंशिक स्रोत केन्द्रले राष्ट्रियस्तरमा भेडाको उत्पादकत्व वृद्धि, संरक्षण, प्रवर्द्धनमार्फत स्थानीय जनताको जीवनस्तर उठाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। केन्द्रमा विशेष गरी भेडापालन र भेडाको आनुवंशिक स्रोत संरक्षण तथा सुधारमा केन्द्रित रहे पनि स्थानीय कृषकको मागलाई ध्यानमा राख्दै गाईभैंसीमा प्राकृतिक प्रजनन सेवा उपलब्ध गराउने उद्देश्यले मुर्रा क्रस राँगो र जर्सी साँढे समेत राखिएको छ।

हालै किस्पाङ गाउँपालिकाका कार्यबाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडा, लोकप्रिय गायक थानेश्वर गौतम, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य बुद्धि जिसी, राष्ट्रिय स्वतन्त्र पार्टीका किस्पाङ गाउँपालिकामा सभापति शिवप्रसाद भट्ट, किस्पाङ बहुप्राविधिक शिक्षालयका प्रमुख विनोद न्यौपाने र सञ्चारकर्मीसहितको टोलीले भेडा फार्मको अवलोकन गरेको थियो।

भेडा फार्मलाई थप पर्यटीयक केन्द्र बनाउन र गाउँपालिकाका तर्फबाट आवश्यक पर्यटकीय पूर्वाधार विकासका लागि काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बताए। स्थापनादेखि नै स्थानीय बरुवाल भेडाको नस्ल सुधार, उन्नत जातका भेडाको उत्पादन तथा कृषकलाई प्रजननयोग्य थुमा उपलब्ध गराउँदै आएको यस केन्द्र इतिहास राणाकालीन सरकारी गाईगोठसँग जोडिएको छ।

भेडा विकास फार्म स्थापना हुनुअघि यस स्थानमा सरकारी गाईगोठ सञ्चालनमा थियो, जसलाई स्थानीय बासिन्दाले ‘राजाको गोठ’ पनि भन्ने गर्दथे। त्यहाँ पालिएका गाईबाट उत्पादित दूध, दही, मही र घ्यू काठमाडौं दरबारमा पठाउने गरिन्थ्यो। तत्कालीन श्री ५ को सरकार, कृषि मन्त्रालयले गाईगोठ हटाएर स्थानीय बरुवाल भेडाको नश्ल सुधार, मासु तथा ऊन उत्पादनमा वृद्धि गर्ने उद्देश्यले भेडा फार्म स्थापना गरेको थियो।

फार्म स्थापना भएपछि राम्रो ऊन उत्पादन गर्ने विदेशी जातका भेडासँग स्थानीय बरुवाल भेडाको प्रजनन गराई वर्णशङ्कर पाठापाठी उत्पादन गर्ने तथा यससम्बन्धी अध्ययन–अनुसन्धान अघि बढाइएको थियो। विनासकारी भूकम्पपछिको पुनर्निर्माणपछि फार्मको नाम परिवर्तन गरेर भेडा आनुवांशिक स्रोत केन्द्र राखिएको हो। विसं २०२७÷२८ ताका अष्ट्रेलियन पोलवर्थ र स्थानीय बरुवाल भेडाबीच क्रस प्रजनन गराई ५० प्रतिशत क्रस भेडा उत्पादन तथा विभिन्न अध्ययन–परीक्षण सुरु गरिएको थियो।

त्यसक्रममा फार्मले क्रमशः उन्नत जातका भेडाको उत्पादन र वितरणलाई समेत प्राथमिकता दिएको थियो। विसं २०३० जेठ २६ गते तत्कालीन राजा वीरेन्द्र शाहले फार्मको अवलोकन भ्रमण गरी यसको विस्तारका लागि निर्देशन दिएपछि कार्यक्रम थप सक्रिय बनेको थियो।

विस २०३०/३१ देखि फार्ममा उत्पादित उन्नत जातका थुमा प्रजननका लागि स्थानीय किसान तथा देशका विभिन्न जिल्लामा वितरण गर्न थालिएको थियो। विंस २०३५/३६ मा विश्व बैंकको ऋण सहयोगमा रसुवा–नुवाकोट एकीकृत ग्रामीण विकास परियोजना सञ्चालनमा आएपछि फार्मको भौतिक पूर्वाधार विकाससँगै भेडाको नश्ल सुधार, अध्ययन–अनुसन्धान, उत्पादन तथा वितरणमा महत्वपूर्ण सहयोग पुगेको थियो।

सोही परियोजनाअन्तर्गत २०३६ साल फागुनमा फ्रान्सबाट चार महिनाका आठ पाठी र दुई पाठा गरी १० वटा फ्रेन्च मेरिनो डार्ले जातका भेडा ल्याइएको थियो। अन्य जातको अपेक्षित वृद्धि र विकास हुन नसकेपछि हाल स्रोत केन्द्रमा भने बरुवाल भेडा मात्रै राख्न थालिएको छ।

2