Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा
तस्बिरः शम्भु दंगाल/रासस
A A+ A-

काठमाडौं । घुमारचोक र लप्सेका किसानहरु इस्कुस खेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ।

इस्कुसको मुन्टादेखि जरा (तरुल) सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमा नै रमाउन थालेका हुन्। पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपथ्र्यो । तर इस्कुस खेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको जीवननै बदलिएको छ।

अहिले त उनीहरुसँग जेठदेखि मंसिरसम्म रुपैयाँको कमी हुँदैन। शङ्खरापुर नगरपालिकाको दुई गाउँ घुमारचोक र लप्सेका किसानको जीवन गुजारको एक मात्र कृषि बाली इस्कुस खेती नै हो। किसानले इस्कुसको मुन्टा सिजनमा प्रतिकेजी र१०० देखि १५० रुपैंयाँसम्म, जरा (तरुल) प्रतिकेजी १५० देखि २०० रुपैंयाँसम्म र इस्कुस प्रतिकेजी ३५ देखि ५० रुपैंयाँसम्ममा बिक्री गर्दै आएका छन्।

उनीहरुले उत्पादन गरेका इस्कुस तथा अन्य सागसब्जी बिक्री गर्न बजारसम्म धाउनु पर्दैन। व्यापारीहरु ढक तराजु बोकेर घर-घर आउँछन्। यहाँ प्रत्येक घर वरिपरि बारीमा टाढैसम्म लहरिएका इस्कुसका झ्याङ देखिन्छन्। इलामको चिया बगान जस्तै। यहाँका किसानको पुस्तौंदेखि आम्दानीको मुख्य आधार इस्कुस बनेको छ। अधिकांश घर परिवारको दैनिकी, चाडपर्व र वर्षभरिको खर्च समेत इस्कुससँग जोडिएको छ।

ऐतिहासिक साँखु बजार र बज्रयोगिनी मन्दिरबाट अलिकति माथि र शिवपुरी राष्ट्रिय निकुञ्ज, मणिचुड कुण्डभन्दा अलि कति तल घुमारचोक पर्दछ। सहरीकरणको हावा लाग्दै गरेको काठमाडौंको ग्रामीण क्षेत्र शङ्खरापुर नगरपालिका–८ घुमारचोकको भिरालो बस्ती यतिबेला इस्कुसको बगानले मनोरम देखिन्छ। साथै वडा नं ४ लप्से पुग्दा पनि सो गाउँका अधिकांश घर–गोठ वरिपरि इस्कुसका ठूला–ठूला बगानहरु भेटिन्छ। यतिबेला यहाँका कृषकहरुलाई इस्कुस टिप्ने, प्याकिङ गर्ने र घरछेउमा आएका व्यापारीलाई बेच्न भ्याइनभ्याइ छ।

यी दुई वडाका धेरै घर परिवारका लागि इस्कुस केवल सागसब्जी मात्र नभई वर्षभरिको घरखर्च धान्ने मुख्य आम्दानीको स्रोत बनेको छ। वर्षको करिब छ महिना यहाँका कृषकको दैनिकी इस्कुस टिप्ने, जोख्ने र बिक्री गर्ने काममै बित्छ। जेठदेखि उत्पादन सुरु हुने उक्त तरकारी मंसिरसम्म फल्छ। शङ्खरापुर–४ लप्से थाङसाङ डाँडाका कृषक सञ्चमान घ्लानले इस्कुस खेती गर्न थालेको ३५ वर्ष नाघिसकेको छ। उनले पाँच रोपनी जग्गामा इस्कुस खेती गरेर वार्षिक पाँच लाख रुपैंयाँ आम्दानी गरेका छन्।

घुमारचोक र लप्सेका इस्कुस खेती किसान खुसी छन्। उनीहरुको जग्गासम्म सडकको पहुँच विस्तार भएपछि व्यापारी कृषकको बारीमा सजिलै पुग्ने भएकाले खुसी भएका हुन्। लप्सेकै अर्का कृषक बुद्धिबहादुर घ्लानले छ रोपनी जमिनमा इस्कुस खेती गरेका छन् । उनका सबै परिवार इस्कुस खेतीमा नै लागेका छन्। इस्कुस खेतीबाट आफू सन्तुष्ट भएको उनी बताउँछन्।

घुमारचोकमा स्थानीय विकास थिङले यहाँका प्रायः किसानले थोरैमा एक लाख र बढीमा छ लाख रुपैंयाँसम्म इस्कुस बिक्री गर्ने गरेको बताए। शङ्खरापुरका यी दुई वडामा उत्पादन भएको इस्कुस काठमाडौंका विभिन्न तरकारी बजारमा पुग्ने गरेको छ। विशेष गरी यहाँका अधिकांश तामाङ परिवार इस्कुस खेतीमा आबद्ध छन्।

यहाँका किसानले इस्कुससँगै काँक्रो, सिमी, आलुलगायतका अन्य तरकारी पनि लगाउँछन्। जग्गा भएका प्रायः घर परिवार इस्कुस खेतीमा जोडिनुको कारण पनि यसको नियमित आम्दानी नै हो। एकै पटक ठूलो रकम हात पर्नेभन्दा पनि लामो समयसम्म थोरै–थोरै रकम निरन्तर आउने भएकाले घरायसी अर्थतन्त्र चलाउन सहज भएको कृषकहरूको अनुभव छ।

ठूले मानबहादुर वाइवाले झन्डै पाँच रोपनी जग्गामा इस्कुस खेती गरेका छन्। विगतमा राम्रै फाइदा भए पनि यो वर्ष समयमा नै थाक्रो दिन ढिलाइ भएकाले पाँच लाख रुपैंयाँको इस्कुस बिक्री गरेको बताए।

घुमारचोकका म्याङ्गाई घ्लानले पनि पाँच रोपनीमा इस्कुस खेती गरेका छन्। उनले ५० हजार लगानी गरेर एक लाख ९५ हजार रुपैंयाँ आम्दानी गरेको बताए। यसक्षेत्रका डाँडाकटेरी, कालीमेल, रैले, जहरसिंहपौवालगायतका क्षेत्रमा पनि इस्कुस खेती हुने गरेको छ।

इस्कुस खेतीलाई व्यावसायिक रूपमा अघि बढाउन शङ्खरापुर नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। नगर प्रमुख रमेश नापितले इस्कुस खेतीमा आबद्ध किसानलाई आवश्यक मचान निर्माणमा अनुदान उपलब्ध गराउँदै आएको बताए। इस्कुसलाई थाँक्रो दिन आवश्यक मचानका लागि सिमेन्ट, बालुवा र रडबाट तयार गरिने टेका कृषकको ५० प्रतिशत लागत र नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराएको उनले बताए।

2