Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ जारी गर्ने

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ जारी गर्ने
अ+ अ-

काठमाडाैं। बेनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आगामी भदौ २२ गतेदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा भदौ २५ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ रहेको छ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

आयोजनाको लगानी फिर्ता हुने साधारण अवधि ५.७८ वर्ष रहेको छ। आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा ‘मेरो शेयर’मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

2