Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सूचना प्रविधिमा लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्रीको आग्रह

सूचना प्रविधिमा लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्रीको आग्रह
A A+ A-

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीलाई ढुक्क भएर नेपालमै लगानी विस्तार गर्न आग्रह गरेका छन्। मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका युवा उद्यमीसँग छलफल गर्दै उनले सूचना प्रविधिलाई सरकारको उच्च प्राथमिकतामा रहेको क्षेत्रका रूपमा अघि बढाइएको बताए।

अर्थमन्त्री वाग्लेले छोटो समयमै उच्च आर्थिक विस्तार हासिल गर्न सकिने सम्भावना सूचना प्रविधि क्षेत्रमा रहेको भन्दै युवा उद्यमीलाई लगानी र व्यवसाय विस्तारमा अघि बढ्न आग्रह गरे। उनले उद्यमीलाई क्षेत्रका समस्या र सरकारबाट अपेक्षित नीतिगत तथा संस्थागत सुधारबारे खुलेर सुझाव दिनसमेत आग्रह गरे।

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो। तपाईंहरू लगानी बढाउनुहोस्, आफूलाई विस्तार गर्नुहोस्,” उनले भने, “आफ्नो क्षेत्रलाई अघि बढाउन के आवश्यक छ, अहिलेको अवस्था कस्तो छ र सरकारले के गरिदिनुपर्छ भन्नुहोस्।”

सरकारले विश्वस्तरीय सूचना प्रविधि कम्पनीलाई नेपालमा आकर्षित गर्न पहल गरिरहेको पनि वाग्लेले बताए। नेपाललाई सूचना प्रविधिको मूल्य शृंखला विकास हुने प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने सरकारको रणनीति रहेको उनको भनाइ छ।

उनले सूचना प्रविधिको विस्तारले युवाका लागि स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर बढाउने उल्लेख गर्दै विदेशिने प्रवृत्ति रोक्न पनि यस क्षेत्रको विकास महत्वपूर्ण हुने बताए। सरकारले पूर्वाधार, नीति तथा लगानी वातावरण सुधारमार्फत सूचना प्रविधि क्षेत्रको विस्तारका लागि आवश्यक सहजीकरण गर्ने संकेतसमेत गरेको छ।

2